Powered by Blogger.
हिमचुली सामुदायिक वनले मनायो दोस्रो साधारणसभा


पालुङ, ५ मंसिर । मकवानपुरको थाहा नगरपालिका वडा नम्मर ४ मा रहेको हिमचुली सामुदायिक वन उपभोक्ता समुहको दोस्रो साधारण सभा सम्पन्न भएको छ  । 

समूहका अध्यक्ष धर्मबहादुर तामाङको अध्यक्षतामा भएको साधारण सभामा कार्यसमिति सदस्य टंक बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका कोषध्यक्ष रिता गुरुङ र संस्थाका सचिव श्याम तामाङले आर्थिक वर्ष २०७१÷७२ मा १ लाख १४ हजार ३६ रुपैया बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । 
वनले गरेको वार्षिक क्रियाकलापको प्रगति प्रतिवेदन समुहका सचिव श्याम तामाङले प्रस्तुत गर्नु भएको थियो । इलाका वन कार्यलय पालुङका कार्यलय प्रमुख कालु पाख्रिनको प्रमुख आथित्यता र समुहका सचिव श्याम तामाङको संचालनमा साधारण सभा सम्पन्न भएको थियो । 

प्रमुख अथिति पाख्रिनले उपभोक्त समुहले दोस्रो वर्षको साधारण सभा गरिरहँदा विगतको तुलनामा निक्कै प्रगति गरेको अनुभव सुनाउनुभयो । पाख्रिनले समुह व्यवस्थापन गर्दै कोही कसैको भर नपरी खाली रहेको ठाँउहरुमा सबैले मिलेर वृक्षारोपण गरि सामुदायिक वनलाई हराभरा बनाउनको लागि सबै एक जुट भई लाग्नु पर्नेमा जोड दिनु भयो ।


वनबाट कसरी फाइदा लिन सकिन्छ भन्ने तर्फ ध्यान दिनु पर्ने समेत पाख्रिनको जोड थियो । त्यस्तै कार्यक्रमको अतिथीको रुपमा बोल्दै मकवानपुर आइडलका प्रचार प्रसार संयोजक तथा रेडियो पालुङका पत्रकार रुपक कालिराजले वनको विकासमा उक्त सामुदायिक वनले राम्रो भुमिका खेलेको बताउनुभयो । साथै वन तथा वातावरण संरक्षणमा स्थानीय नै अग्रसर र सक्रिय भएर लाग्नु पर्ने उहाँको धारणा थियो   । 

सो साधारण सभामा वडा नम्मर ५ का नागरिक मञ्चका अध्यक्ष शंकर तामाङ, घाटदेवि निमाविका अध्यक्ष ध्रुब तामाङ, सामाजिक परिचालक शंकर लो, नयाँ पोखरी सामुदायिक वनका उप सचिव मणिक लाल तामाङ, सिर्जनशिल कृषक समुहका अध्यक्ष हरिबहादुर वस्नेत, हिमचुली कृषक समुहका अध्यक्ष दिपेन्द्र मुक्तान लगायतको उपस्थित रहेको थियो ।



0 comments

Write Down Your Responses