Powered by Blogger.
दामनको ऋषेश्वरमा भव्य रुपमा सम्पन्न भयो ठूलो एकादशी मेला


दामन, ६ मंसिर । हरिबोधिनी एकादशी पर्वका अवसरमा थाहा नगरपालिकाको दामनमा रहेको ऋषेश्वर मन्दिर क्षेत्रमा भव्य मेला सम्पन्न भएको छ ।

सो मेलामा थाहा नगरपालिका लगायत मकवानपुर,धादिङ,चितवान,काडमाडौ,बारा,पर्सा लगायतको ठाउँहरुबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजन र मेला भर्ने दर्शकहरु मन्दिर पुगेका थिए । आज भएको मेलामा भक्तजनहरुलाई सहज बनाउनको लागि दामनमा रहेको एभरेष्ट यूवा क्लवले स्वंयम सेवक परिचालन गरेको स्थानिय समाजसेवी तथा क्लवमा संस्थापक अध्यक्ष विनोद लामाले बताउनु भयो ।

यस अघि क्लवको सक्रियतामा मन्दिर वरिपरि सरसफाई, विजुली बत्ती जडान जस्ता कार्यहरु गरिएको थियो ।
मन्दिर वरपर थाहा नगरपालिका अन्तर्गत दामन,पालुङ वज्रवाराही तथा चित्लाङ,आग्रा,नामटार लगायतका गाउँटोलहरुबाट ल्याइएका तोरणहरु टाँगिएका थिए ।


ऋषेश्वर महादेवको दर्शन गरे मनले चिताएको कुरा पुरा हुने विश्वास छ । पहराको बीचमा महादेबले त्रिशुल घोप्दा पानी निस्किएको किम्बदन्ती छ । हिन्दुहरुको आराध्यादेव ऋषेश्वर महादेव  तथा वौद्ध समुदायको आसथावान गुरु रिम्पोक्षेले तपस्या गरेको स्थान पनि यही स्थानमा पर्छ ।

त्यसैले सो मेलामा हिन्दु र वौद्ध दुबै समुदायका भक्तजन सहभागी हुने गरेका छन् ।



0 comments

Write Down Your Responses