Powered by Blogger.
सम्वाद परियोजना अन्तर्गत किशोर किशोरीसँग अन्तरक्रिया


पालुङ, ६ मंसिर । सामुदायिक विकास केन्द्र नेपाल र स्ट्रोम फाउण्डेसनको सहकार्यमा सञ्चालन गरिएको सम्वाद परियोजना अन्र्तगत ८ सम्वाद किशोर किशोरी र एनिमेटरको सञ्जाल सशक्तिकरण तथा स्थानीय निकाय सँगको समन्वयका लागि अन्तरक्रिया  कार्यक्रम पालुङमा सम्पन्न भएको छ ।

सहभागिहरुलाई सम्वाद परियोजना अधिकृत कमलकुमार विश्वकर्मा, परियोजनाकी सुपरभाइजर रुपा सुनारले सहजीकरण गर्नु भएको थियो । अन्तक्र्रियामा स्मृति किशोरी केन्द्रका सफलता नेपाली, शिखर उत्थान किशोरी केन्द्रका शिवानी विश्वकर्मले प्रगती प्रतिवेद तथा आगामी योजना प्रस्तुत गरका थिए । 

 कार्यक्रममा वोल्दै सहभागीहरुले यस सम्वाद केन्द्रले गर्दै आएको काम निकै नै प्रभावकारी भएको र  यस्ता कार्यक्रमलाई प्राथामिकताको साथ निरन्तरता दिनको निम्ति सबैले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा राष्ट्रिय जनर्मोचाका जिल्ला अध्यक्ष लक्ष्मण विष्टले पछिल्लो समय किशोर किशोरीहरु बिग्रदै गएको अवस्थामा यहाँका युवा किशोर किशोरीहरु सकृयताको साथ समाजलाई परिवर्तन गर्दै लागिरहेको प्रति खुसि व्यक्त गर्नु भयो ।

यस्ता तालिमलाई निरन्तरता दिनुको साथै यसबाट सिकेका कुराहरुलाई आफैँबाट शुरुवात गरी समाजलाई परिर्वतन गर्नको लागि सबै सक्रीय भएर लाग्न उहाँले आग्रह गर्नुभयो । स्थानीय स्तरबाट गर्नु पर्ने कामहरुलाई कन्जुस्याँई नगरी सहयोग गर्नको निम्ति तयार रहेको उहाँले बताउनुभयो ।  नेपाली काग्रेस २ नम्मर क्षेत्रीय सभापति इश्वरनाथ पौडेलले किशोर किशोरीहरुले आफुमा लागेको धारणा निर्धक साथ राख्दै विगत भन्दा  आफूलाई फरक  पाएकोमा किशोर किशोरीहरुलाई सफलताको शुभकामना दिनुभयो । 


कार्यक्रमलाई प्राथामिकताको साथ निरन्तर दिई सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । राजनीतिक पार्टीका प्रतिनिधिहरुबाट गर्नु पर्ने सहयोग गर्ने र आफु पनि साना वालवालिकाहरु सँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भयो । संयुक्त वडा सेवा केन्द्र पालुङका सचिव सुर्दशन पहँेलीले सम्वादबाट सिकेका सकरात्मक कुराहरु समाजमा उतार्नको लागि अनुरोध गर्नुभयो । 

सम्वाद केन्द्रको योजनामा थाहा नगरपालिकाले सक्दो सहयोग गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।  सम्वाद किशोर किशोरी एनिमेटर थाहा नगरपालिकाका उपाध्यक्ष रमा सुनारको अध्यक्षतामा भएको थियो ।



0 comments

Write Down Your Responses