Powered by Blogger.
पाथिभरा युवा क्लवलाई जर्सी प्रदान


पालुङ, ८ मंसिर । थाहा नगरपालिकामा रहेको पाथिभरा युवा क्लवलाई जर्सि सहयोग उपलव्ध गराईएको छ । थाहा नगरपालिका ४ मा जन्मनु भई हाल काठमाडौ व्यवसाय गर्दै आउनु भएका जीवन बस्नेतले जर्सी सहयोग प्रदान गर्नुभएको हो ।  

समाजसेवी समेतको पहिचान बनाउनुभएका बस्नेत ऋषेश्वर  खानेपानीका  सेवा तथा पाथिभरा यातायात प्राइभेट लिमिटेडका व्यवस्थपक हुनुहुनछ । बस्नेतले पाथिभरा युवा क्लवलाई  १५ सेट जर्सि सहयोग गर्नु भएको छ  ।

 क्लवको आयोजनामा थाहा नगरपालिका इन्द्रेणी खेल मैदानमा उत्तरी क्षेत्र स्तरीय फुटवल प्रतियोगिता यहि  मंसिर २३ गते हुन लागिरहेको उपलक्ष्यमा बस्स्नेतले क्लवलाई जर्सि प्रदान गर्नु भएको हो । टिमका व्यवस्थापक हरिराम कार्कीले सो जर्सी बुझेका छन् । 

 ‘खेलाडि नै देशको गहना हो’ बस्नेतले भन्नुभयो, ‘गहनालाई उत्साह तथा हौसला दिने तथा स्थानिय स्तरबाट खेलाडि उत्पादन गर्ने उद्देश्यले सहयोग गरेको हो । ’

0 comments

Write Down Your Responses