Powered by Blogger.
किन बढ्यो टिष्टुङ पालुङको माटोमा अम्लियपन ?


पालुङ, १५ मंसिर । थाहा नगरपालिकाको कृषि योग्य जमिनमा अम्लियपन बढ्दै गएको पाइएको छ । वर्षेनी उत्पादनदर घट्दै जान थालेपछि हालै गरिएको माटो परिक्षणका क्रममा अम्लियपन बढेको पाइएको हो । खेतबारीमा बालीनालीको उब्जाउदर घट्दै गए पछि मंगलबार माटोको परिक्षण गरिएको हो ।

किसानहरुको खेतवारीको माटोफेज मात्र औषतमा ४ दशमलव ५ मात्र रहेको पाएको छ । थाहा नगरपालिकाको वडा नम्मर ६ अन्र्तगत रहेको अविरल कृषक समुहको आयोजनामा शिविर संचालन गरी दामनका वडा नम्मर ६ का ९० भन्दा वढि कृषकको आ आफ्नो खेतवारीको माटो परिक्षण गरिएको दामानका कृषि प्राविधिक मुधुसुदन आचार्यले जानकारी दिनु भएको छ । 

त्यस क्षेत्रका ७ दर्जन भन्दा बढिले माटो परिक्षण गर्दा माटोमा अम्लियपनाको मात्रा बढि देखिएको हो । त्यस क्षेत्रमा मात्रै नभई थाहा नगरपालिकाको अधिकांश क्षेत्रमा अम्लियपन देखा पर्न थालेको उहाँको भनाई छ । बलौटे माटोसगै भौगोलिक बनावटका कारण वर्षामा धेरै माटामा भएको खाद्यपदार्थ बगाएर लाने  र रासायनिक मलको प्रयोग भएकाले अम्लियपन बढेको र बालीनाली उत्पादनमा कमी आएको पाइएको छ । 
रासायनिक मलको प्रयोगको मात्रा सँगै माटोमा अम्लियपना बढ्दै जाने उहाले बताउनु भयो । 

परिक्षणका क्रममा देखिएको रिपोर्ट अनुसार माटोमा कृषि चुन प्रयोग गर्नुपर्ने भएको छ । त्यस क्षेत्रमा २ सय किलो ग्राम देखि २ सय ५० किलो ग्राम प्रति रोपनी कृषि चुनको प्रयोग गर्नु पर्ने देखिएको दामनका कृषि प्राविधिक आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि चुनको प्रयोग र रासायनिक मलको प्रयोग नगर्ने हो भने उत्पादकत्वमा कमी आउनेछ ।–रुपक कालिराज,पालुङ




0 comments

Write Down Your Responses