Powered by Blogger.
पत्रकार महासंघका अध्यक्षबाट शौचालय शिलान्यास हुने


धादीङ, १७ मंसिर । धादिङको जिल्ला सदरमुकाम धादिङबेसीमा सार्वजनिक शौचालय नहुँदा हैरानी खेपीरहेका नागरिकहरुको समास्यालाई मध्यनजर गर्दै धादिङ समाज दक्षिण कोरीयाको सहयोगमा सदरमुकाममा नमुना अपाङ्गमैत्री शौचालय निर्माण हुने भएको छ । 

रोजगारीको लागी धादिङबाट कोरियामा गएका धादिङका नागरिकहरुबाट संकलित सहयोग रकमबाट सुविधा सम्पन्न आधुनिक शौचालय निर्माण गर्न लागिएको नीलकण्ठ नगरपालीका वडा नम्बर ११ का मनोज थापाले बताउनुभयो । 

विगत पाँच बर्ष कोरियमा रोजगारी गरी फर्कनु भएका थापाकै पहल र कोरियामा रोजगारी गरी बसेकाहरुको सहयोगमा जिल्ला समरमुकाम धादिङबेसीमा शौचालय निर्माण गरिन लागीएको हो । धादिङबेसी पिपलबोट नजिकैको खाली स्थानमा बाथरुम सहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो । 

नीलकण्ठ नगरपालीकाको प्राविधिक सहयोगमा निर्माण हुन लागेको शौचालयको भोली नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी भई उत्साह थपिदीनुहुनको लागी निर्माण समितिका अध्यक्ष भरत थापा क्षेत्रीले सदरमुकाम बासीलाई उपस्थित हुन आग्रह गर्नुभएको छ । 

१५ लाख १७ हजार ६ सय १८ रुपँैया ६३ पैसाको लागतमा शौचालको निर्माण गर्न लागिएको हो । विदेशमा बसेर पनि आफ्नो मातृभुमिको विकासको लागी सामाजिक काम गर्न लागिएको धादिङ समाज दक्षिण कोरीयाका अध्यक्ष नवराज बोहोराले बताउनुभयो । 

महिला, पुरुष र अपाङ्गता भएकाहरुको लागी छुट्टा छुट्टै दिशा, पिशास गर्ने कोठा हुने छ । धादिबेसीमा सार्वजनिक शौचालय नहँुदा विभिन्न कामको लागी सदरमुकाम आउने नागरिकहरुले समस्या झेल्दै आएका छन् । शौच गर्नको लागी होटल र सरकारी कार्यलय पुग्नुपर्ने बाध्यता धादिबेसीमा अहिले पनि कायमै रहेको छ । 
शौचालय निर्माण भएपछि जिल्लाकै एक मात्र अपागमैत्री सार्वजनिक शौचालय हुने छ ।
नवराज छत्कुली


0 comments

Write Down Your Responses