Powered by Blogger.
पालुङको पम्पबाट पेट्रोल डिजेलमा अनियमितता र आफन्तबाद हावी भएको गुनासो


पालुङ, १८ मंसिर । मकवानपुरको थाहा नगरपालिकाको ओम नमो नव टे«र्डस पम्मबाट ३ हजार पेट्रोल वितरण गरिएको छ । 

मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिको संयोजनमा थाहा नगरपालिका लगायत आसपासका ४ सय भन्दा बढि वाइकहरुलाई प्रेटोल वितरण गरिएको हो । भारतले गरेको अघोषित नाका वन्दीले प्रभाव पारेको अवस्थामा थाहा नगर पालिकामा भने उद्योग वाणिज्य संघले पहल गर्दै केही पेट्रोल ल्याइरहेको छ । 

यस्तो अफ्ठ्यारो अवस्थामा पनि पेट्रोल वितरण गर्र्र्दै आइरहेको भन्दै संघका प्रतिनिधीहरु प्रफुल्ल देखिन्छन् ।  सर्वदलीय वैठक राखी केहि सहजता होस भन्ने हेतुले कुपन सिस्टम गरि पेट्रोल वितरण गरिएको छ । सबैलाई मध्यनजर गर्दै संघसंस्था, विद्यालय, पत्रकार, सुरक्षाकर्मी, सर्वसाधारण लगायतलाई कसैलाई पाखा कसैलाई काखा नगरी सबैलाई समान तरिकाले वितरण गरिएको संघका उत्तरी क्षेत्र सभापती कविराज  खत्रीको भनाई छ । 
तर धेरै सर्वसाधारणले भने आफन्तवाद हावी भएको भन्दै दुखासो पोखेका छन । यसै गरी आज भने  डिजेल वितरण गर्ने उहाँले बताउनु भयो । थाहा नगरपालिकामा करिव ३७ हजार लिटर डिजेल आवश्यकता छ । डिजेल प्राप्त नभएको खण्डमा उत्तरी क्षेत्रमा आलु उत्पादनमा कमी आउने भन्दै त्यसलाई मध्यनजर गरि कृषकलाई डिजेल वितरण गर्न लागिएको बताइएको छ ।

थाहा नगरपालिकामा पछिल्लो समयमा खेत बारी खनजोतका लागि गोरुको कम प्रयोगमा ल्याएको र धेरै जसो कृषि क्षेत्रमा ट्याक्टरको प्रयोग गर्दै आइरहेकोले कृषि क्षेत्रलाई वढि डिजेलको आवश्यता रहेकोले किसानलाई वितरण गर्ने सभापति खत्रीले बताउनु भयो ।

गत दिनहरुमा चाडवाडको समयमा खाद्यपदार्य ढुवानी तथा आवत जावतमा सहज होस् भन्ने हेतुले वितरण गर्दै आएको र अब भने आलुको बिउ ढुवानी गर्न तथा खन जोत गर्न ट्याक्टरलाई आवश्यक पर्ने डिजेल वितरण गर्ने उहाँको भनाई छ । 



0 comments

Write Down Your Responses