Powered by Blogger.
भूकम्पको डर भगाउन फाखेलमा श्रव्य दृष्य प्रदर्शनी


फाखेल, १८ मंसिर । मकवानपुरको फाखेलमा युथ रिपोर्टर परियोजनाले तयार पारेको श्रब्य दृश्य सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । 

मकवानपुरका उत्तरी क्षेत्रमा रहेका आठ गाविसलाई लक्षित गरि प्लान इन्टरनेशनल नेपालको सहयोग तथा इन्द्रसरोबर युवा क्लब मार्खुको ब्यवस्थापनमा सञ्चालन गरिएको हो । 

बैशाख १२ को  बिनासकारी महाभूकम्प अनि त्यस पछि आएको पराकम्पनबाट पुगेको क्षतिबाट प्रभावित बाल बालिकाको समस्या न्यूनिकरण तथा आफ्नो समस्या सबैलाई बताउनको लागि सहज होस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताएको छ । 

गाविस फाखेलका सचिब राजकुमार सुबेदीको सभाध्यक्षतामा  कार्यक्रम भएको  थियो । सो कार्यक्रममा परियोजनमा संरक्षित सामाग्रीले बिपत्ति पछि पनि बाल बालिकामा धैर्यता तथा आफ्नो समस्या निर्धक्क अरु सामु भन्न र अरुको पनि राखिदिन सक्षम भएको देख्दा गर्व महसुस भएको भन्दै आगामी दिनमा पनि युथ रिपोर्टर परियोजनाले बाल बालिकाको हरेक समस्या वकालत  गर्न सहयोग पुग्ने बाल संरक्षण समितिका अध्यक्ष मधुकर कार्कीको अपेक्षा छ । 

0 comments

Write Down Your Responses