Powered by Blogger.
पानीको मुहान सुकेपछि विद्यार्थी जंगलमै शौच गर्न वाध्य


फाखेल(मकवानपुर), १८ मंसिर । भूकम्प पछि फाखेलमा खाने पानीको मुहान सुकेको छ । मुहान सुके पछि स्थानीय बिद्यालयमा ठुलो समस्या उत्पन्न भएको छ । 

फाखेल गाविसको वडा नम्मर ३ मा रहेको कालिका माविको शौचालय प्रयोगमा ल्याउन नसकिने अबस्थामा रहेको स्थानीय पुस्कल सागर गोलेले बताउनु भयो । 

पानी नभए पछि शौच गर्न बिद्यालय आसपासमा रहेको जङ्गलमा जानु पर्ने बाध्यता आइलागेको छ । यसले किशोरीहरु असुरक्षित रहेको भन्दै समस्या समाधानका लागि पहल गरिदिन कालिका बाल क्लबका अध्यक्ष समृना लामाले सरोकारवालाहरुसंग आग्रह गर्नु भएको छ । 

0 comments

Write Down Your Responses