Powered by Blogger.
गोगनेका बालबालिका जुटे


गोगने, २० मंसिर । मकवानपुरको गोगने गाविसमा एक कार्यक्रम गरेर गाविस स्तरीय वाल  सञ्जाल समिति गठन गरिएको छ । व्यास माविका कक्षा ८ का मुना आर्यलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । 

समितिका सदस्यहरुमा कृष्ण निमाविका सुरेन्द्र पौडेल ,सुन्दरीदेव निमाविका सुन्तली मोत्तान, विमला वाइवा, बागबसला देवि प्राविका मेनुका आले मगर, माहाङ्काल प्राविका सरितामाया स्याङतान रहेका छन् ।  त्यसै गरि सिद्धदेवि प्रावि पकनेका सरोज मोक्तान, कृष्ण निमाविका सुदिप विष्ट, व्यास माविका विरबहादुर स्याङवो, प्रकृति प्रावि चौकिटारका निरञ्जन पाख्रिन, श्री प्रावि कटहरेका राजमान लामा चयन भएका छन ।

सो वालक्वललाई संरक्षकको रुपमा गाविस सचिव राजेन्द्रकुमार श्रेष्ठ र सल्लाहकारमा श्याम बहादुर सिन्तान, भक्ति लामिछाने, दिनेश श्रेष्ठ , दिपसिङ ठकुरी, जनक थोकर र शान्ति थोकर रहनु भएको छ । गाविसका सहायक सचिव रामचन्द्र थिङको सभाध्यक्षतमा भएको कार्यक्रममा गाविस सचिव राजेन्द्रकुमार श्रेष्ठले सो वालक्वललाई सक्रीय तरिकाले अगाडि लाने र वालवालिकाले गर्ने जुन सुकै कार्यक्रममा आफु सहभागि भई कार्यक्रमलाई आवश्यक पर्ने खर्चहरु उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ । 

सञ्जालले सबै एक भई सबै सँग हातेमालो गर्र्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताएको छ ।



0 comments

Write Down Your Responses