Powered by Blogger.
महामण्डल स्रष्टा सम्मान प्रदान


नुवाकोट, २२ मंसिर । सांसद बहादुरसिंह लामाले विदुरमा नुवाकोट साहित्य प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान तथा साहित्यिक गोष्ठी एक समारोहको बीच उद्घाटन गर्नु भयो ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै लामाले समाजलाई समुन्नत बनाउनका लागि साहित्यको भूमिका अहम रहन जानेकुरा बताउनु भयो । 

प्राज्ञिक क्षेत्रको विकास भएमा मात्र राष्ट्रको पहिचान रहन जाने कुरा बताउदै सासंद लामाले भन्नु भयो ‘सम्मानले गर्दा स्रष्टा तथा ब्यक्तिलाई उर्जा मिल्न जाने छ ।’

यस वर्षको महामण्डल साहित्य सम्मान गंगा पौडेल, महेश पौड्याल र पुष्प अधिकारीलाई प्रदान गरेको छ ।
त्यस्तै सिर्जनामार्फत नेपाली भाषा साहित्यमा गरेको योगदानको कदर गर्दै भावना न्यौपानेलाई युवा सम्मान, कृष्णप्रसाद सापकोटालाई नुवाकोट साहित्य सम्मान र देवी पन्थीलाई भक्तबहादुर स्मृति सम्मान, विष्णुप्रसाद तिवारीलाई शिक्षा सम्मान र लेखनाथ आचार्यलाई गीत संगीत सम्मानद्वारा सम्मानित गरियो ।

प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुरस्कार तथा सम्मान छनौट समितिका संयोजक वरिष्ठ साहित्यकार उज्ज्वल जी.सी.ले पुरस्कृत प्रतिभाहरुका बारेमा प्रकाश पार्नु भएको थियो भने पुष्कर लोहनी, कल्पना अधिकारी, गोर्खे साइलो,र ामकृष्ण भट्ट, बद्रीप्रसाद त्रिपाठी, कपिलप्रसाद फूयाँल, विष्णुप्रसाद सापकोटाले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमा रामकृष्ण गजुरेल, शिवसुन्दर पुडासैनी, मुकुन्द अर्याल, अरुण नदी खत्रीलगायत दुई दर्जन स्रष्टाहरूले आ–आफ्ना रचना वाचन गरेका थिए ।

  

0 comments

Write Down Your Responses