Powered by Blogger.
पालुङमा उत्तरी क्षेत्र स्तरीय लिग फुटबल सुरु


पालुङ, २३ मंसिर ।  मकवानपुरको थाहा नगरपालिकामा आज देखि मकवानपुर उत्तरी क्षेत्र स्तरिय लिग फुटवल प्रतियोगिता २०७२ शुरु भएको छ । थाहा ७ इन्द्रायणी चौरमा भएको प्रतियोगिता अन्र्तगत आयोजक ए र गोगने ग्याङ स्ट्रार यूवा क्लव बीचभएको पहिलो खेलमा आयोजक ए ले ४–१ गोल अन्तरले बिजयी भएको छ ।

खेलमा पाथिभरा यूवा क्लवका तर्फबाट सुनिल भुजेलले २ गोल गरेका थिए र त्यसैगरी उज्वल लामाले १३ औं मिनेट र अर्जून मगरले २३ मिनेटमा एक गोल गरेका थिए भने गोगने ग्याङ स्ट्रार यूवाका अनिल गोलेले एक गोल गरेका थिए ।

पाथिभरा यूवा क्लवका अध्यक्ष हरिराम कार्कीको सभाध्यक्षतामा भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । भोलिको खेल लिटिल वोइज यूवा क्लव र क्रशेश्वार यूवा क्लव बीच विहान ८ वजे हुने पाथिभरा यूवा क्लवका अध्यक्ष हरिराम कार्कीले जानकारी दिनु भएको थियो ।

उत्तरी क्षेत्र खेलकुद विकास समितिका अध्यक्ष राजेश केसीको  प्रमुख आथित्यता भएको प्रतियोगितामा पाथिभरा वचत तथा ऋण शहकारी संस्थाका  व्यवस्थापक राजाराम कार्कीले स्वागत मन्तव्यको साथै यस्तो प्रतियोगिता गरेकोमा आयोजक टिमलाई धन्यावादको साथै आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

पाथिभरा यूवा क्लवको आयोजनामा भएको प्रतियोगितामा रेडियो पालुङका पत्रकार रुपक कालिराजले सञ्चालन गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि केसीले खेलका माध्यमबाट उत्तरी क्षेत्रको नाम अग्रपंक्तिमा राख्न खेलाडीहरुलाई शुभकामना दिनुभयो ।

उहाँले थाहा नगरपालिकामा तथा जिल्ला विकास समितिमा पटक पटक पहल गर्दा पनि खेलकुद तथा खेलमैदानको मर्मतको लागि वास्ता  नगरेकोप्रति चिन्ता व्याक्त गर्नु भयो । पछिल्लो समय केहि रकम खेलकुद विकास समितिलाई विनियोजन भएको र विनियोजित भएको रकम पारर्दशिता ढ्रगबाट काम गर्ने बताउनु भयो ।  बौद्धिक विकास गर्ने माध्यम खेलकुद नै भएकोले यस क्षेत्रका वुद्धिजिविले खेललाई छाँयामा पारेको बताउनु भयो ।

आगामि वर्षमा खेलकुदको लागि  नगरपालिकाले ३० लाख बजेट छुट्याउन पर्ने बताउनु भयो । यसरी विनियोज गरे पश्चात मात्र यस क्षेत्रको विकास हुने बताउनु भयो । केसीले खेलप्रेमीहरुले आफुलाई अनुरोध गरेको खण्डमा आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । राप्रपा नेपालका प्रतिनिधि हरिकृष्ण विष्टले अनुसाशित ढंगले खेल खेल्नुको साथै सबैलाई सहयोग गर्नको लागि अनुरोध गर्नु भएको थियो ।

एकिकृत माओवादीका तर्फबाट विष्णु थापा, जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, दामन गाविसका पूर्व सचिव ज्योति रायामाझी, थाहा नगरपालिका प्रशासन शाखा प्रमुख अनिल लामिछाने, इन्जिनियर सन्तोष बोहोरा, इलाका प्रहरी कार्यलय पालुङका प्रहरी हल्वदार प्रम पौडेल, पाथिभरा बचत तथा ऋण शहकारी संस्थाका लेखापाल श्याम तामाङ लगायतको उपस्थिति थियो ।– रुपक कालिराज,पालुङ






0 comments

Write Down Your Responses