Powered by Blogger.
थाहा नगरमा उद्यमशिलता विकास तालिमको समापन

पालुङ, मंसिर २३ । मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन भएको  १० दिने उद्यमशिलता विकास तालिम आज समापन भएको छ । मंसिर १३ गते देखि सञ्चालन गरिएको तालिममा थाहा नगरपालिकाका २० जना युवा युवतीकोे सहभागिता रहेको थियो ।

पालुङ बहुउद्देश्य सहकारी संस्थाको अध्यक्ष विमलकुमार ढकालको अध्यक्षतमा भएको समापन कार्यक्रममा ओद्योगिक व्यवसाय विकास प्रतिष्ठान त्रिपुरेश्वर काठमाण्डौका प्रशिक्षक काव्यप्रसाद निरौला र इश्वरी ज्ञवालीले सहजीकरण गर्नु भएको थियो ।

पालुङ बहुउद्देश्य सहकारी संस्था र प्रतिष्ठानको आयोजनामा भएको तालिममा लेखा समिति संयोजक उमेशप्रसाद ढकाल, समाजसेवी अच्युतमप्रसाद ढकाल, उद्योग वाणिज्य संघको तर्फबाट पुरुषोेतम ढकाल लगायतले  मन्तव्य राख्नु भएको थियो । सहभागीहरुले यस्ता सिपमुलक तालिम सिक्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष विमलकुमार ढकाल लगायतले सहभागीहरुलाई सिपमुलक तालिमबाट सिकेका कुराहरु व्यवहारमा उतार्न आग्रह गरेका थिए ।


0 comments

Write Down Your Responses