Powered by Blogger.
विकास आफैँ हुँदैन,चाहेमा केहि असम्भव छैन


समय गतिशिल छ। परिबर्तित समयको कालचक्रसंगै मानिसमा आएको बौद्धिक विकास वा चेतनाको कारण बढ्दै गएको आवश्यकताले मानिसलाई सभ्यतामा अघि सारेको कुरा नकार्न मिल्दैन ।

जब मानिसमा कुनै वस्तुको उपभोग गर्ने जानकारी भयो ,उसलाई सो वस्तुको उत्पादन गर्न जरुरी भयो। उसले वस्तुको उत्पादन कसरी गर्न सकिन्छ भनेर खोजी गर्न थाल्यो। खोजी पछि पायो कि वस्तु उत्पादनको लागि सेवाको भूमिका महत्वपुर्ण हुन्छ र यसलाई पनि उत्पादन गर्नु पर्दछ ।

अब उ स्पस्ट भयो कि सेवाको दुई धार हुन्छ । पहिलो सेवा उत्पादनका साधनहरुलाई समायोजन वा व्यवस्थापन गर्ने, जुन बापत नाफा लिने सोको नाम संगठन, दोस्रो सेवा वा श्रम गर्नेलाई श्रमिक भनियो । श्रम गरे बापत उसलाई ज्यालाको व्यवस्था गरियो । श्रम गर्ने श्रमजीविलाई शारीरिक र मानसिक गरि दुई भागमा विभाजन गरियो।

अब वस्तु ,सेवा, संगठन, श्रमको ठेगान भए पछि के बाट कहाँ उत्पादन गर्ने ? बहस चल्यो। परिणामत कच्चा पदार्थबाट औजारको सहयोगले तयारी वस्तुको ,जसलाई उपभोगयोग्य बनाईन्छ त्यसलाई उत्पादनको उपाधी दिइयो र सो साधनको नाम पूँजी राखियो र जहाँ राखेर बस्तु वा सेवाको उत्पादन गरिन्छ सो लाई भूमि भनियो ।
यहासम्म आइपुग्दा उत्पादनको पक्ष करिब करिब उत्तरित भयो। अब झन् जटिलताका जिज्ञासाहरु खडा भए कि उत्पादन त भयो उत्पादित वस्तु र सेवाले मनवीय आवस्यकताहरुको परिपुर्ति पनि गर्‍यो । यो प्रक्रियालाई रोक्दा अन्य साधनको निस्क्रीयता हुने र निरन्तरता दिँदा उत्पादन भएको वस्तु र सेवाको व्यवस्था कसरी गर्ने ? यसपछि मानिसको दिमागले नयाँ सोचको अविश्कार गर्‍यो ।


सबैले सबै जग्गामा एकै प्रकारको वस्तुको उत्पादन गर्न सम्भव छैन । त्यसकारण एक ठाउँको उत्पादित बस्तु र सेवालाई अर्को ठाँउमा लगिदिँदा बढी भएको वस्तु दिँदा र नभएको वस्तु लिँदा दुबैमा सन्तुष्ट हुने कारण लिने दिने वा विनिमय को चाँजोपाजो मिलायो।

विनिमयको प्रक्रियाले मात्र पनि मानिसका जिज्ञासाहरु पूरा भएको महसुस भएन।किनभने उत्पादन भएको वस्तु र सेवालाई उपभोग,विनिमय गर्दैमा निरन्तर प्रक्रिया जिवित नहुने निष्कर्स निकाली वितरणको पद्धति हुनु पर्ने र वितरण भन्नाले उत्पादित वस्तुलाई उपभोग गरि बाँकी रहेको वस्तुले अझ बढी उत्पादन गर्ने उद्देश्यले उत्पादनका साधनहरुमा गरिने लगानीलाई वितरण भनियो। यसरी यी सबै विषय वस्तुहरुलाई समेटर एउटा शास्त्रको जन्म भयो, जस्लाई अर्थशास्त्र भनियो।

अर्थशास्त्रको परिभाषा बिबिध हुन सक्दछ यद्यपि अर्थशास्त्र भन्नाले त्यो शास्त्र हो जसले  मानबीय अनन्त आवस्यकताहरुको परिपुर्ति आबश्यक छ, ती आवश्यकता पुर्तिका लागि साधनको जरुरी पर्दछ ती साधनहरुको जगेर्ना गर्ने,कमाउने र खर्च गर्न सिकाउने शास्त्र भन्ने बुझाउँछ।
सानोभाइ कार्की 

अर्थशास्त्रको जन्म उत्पादनसंग रहेता पनि परिभाषालाई दुई दृस्ठटकोणबाट गरिएको छ। जसमा (१) पूजीवादी सोच (जस्ले उत्पादनका साधनहरुलाई विकेन्द्रीकरण गरिनुपर्छ वा हरेक व्यक्तिलाई उनीहरुको शक्तिका आधारमा जसले जति सक्दछ उसले सोही अनुपातमा संग्रह वा खर्च गर्ने अधिकार राख्दछ। (२)साम्यवादी सोच (जसले उत्पादनका साधनहरुलाई केन्द्रीकृत गरिनुपर्छ वा राज्यले उत्पादनका साधन(भैमी,पूजी,श्रम र संगठन)हरुलाई जिम्मा लिनु पर्दछ र देश सबैको साझा हो,सबैले गाँस,बाँस कपास शिक्षा ,स्वस्थ्य सुरक्षा र यौन जस्ता आधारभुत आवश्यकतापूर्ती राज्य आफैले गर्नुपर्द्छ।

 विकासको लागि योजना ,योजनाको लागि साधन र श्रोत जुन राज्यमा हुन्छ सो लाई व्यवस्थापन राज्यले गर्न सके त्यो राज्य भित्र बसोबास गर्ने जनताहरुमा समन्याय प्रदान गर्न सक्दछ र राज्य सफल हुन्छ। किनकि राज्यको मुल उद्देश्य सबै नागरिकहरुको समन्याय नै हो।

आखिर जे जस्तो भए पनि जुनसुकै सोच वा दृस्ठटकोणको आधारमा शासकहरु मुलुकको विकासको लागि तल्लिन रहेको देखिन्छ। विकासको स्पस्ट परिभाषा के पाइन्छ भने सकरात्मक परिवर्तनकासाथ जनताहरुलाई तुलनात्मक रुपमा बिगतको भन्दा सुबिधा प्रदान गर्नु नै हो। यस अर्थमा प्रष्टसंग के बुझ्नुपर्छ भने,सबै देशका शासकहरु र जनताहरु स्वभावैले विकास चाहन्छन। कोही शासकहरु विकासको जस आफुलाई दिन चहान्छन भने कोही अरुलाई दोष दिएर आफू पन्छिन खोज्छन।

जे भए पनि विकास देशमा उपलब्ध श्रोत र साधनलाई कसरी उपयोग गर्ने भनी तयार गरिएको नीतिलाई मुख्य आधार मान्नु पर्दछ ।विकासको परिकल्पना गर्दा थ्रुप्रै कुरामा ध्यान दिनु आवश्यक पर्दछ ता कि विकास कसरी कसको लागि कति समयको लागी जस्ता महत्वपूर्ण कुराहरु छन्।उदाहरणका लागि कुनै एउटा गाउँलाई सहरमा परिबर्तन गर्नु स्वभाविकै रुपमा राम्रो पक्ष हो, यसो नगरी विकास सम्भव पनि छैन। कारण गाउँको अनुपातमा सहरमा सेवा सुबिधा बढी हुन्छ यो अपरिहार्य पनि हो।

अब यहाँ प्रस्न उठ्छ कि पहिलो पक्ष (के कुनै गाउँ आफैं सहर बन्दछ ? दोस्रो (त्यो परिवर्तनले कसको प्रतिनिधित्व गर्दछ ? उत्तर सहजै हुनुपर्छ कि विकास सबैको लागि हुनुपर्छ ।यसमा खासै बहसको आबस्यकता छैन ।अबको बहस भनेको के विकास आफै हुन्छ ? भन्ने नै हो।

कुनै पनि गाउँ ,ठाउ र देश विकासका लागि त्यहाँको जनताको चेतनाको स्तरमा वृद्धि ,शासकको इच्छाशक्ति,मुलुकमा उपलब्ध श्रोत र साधनको प्रयाप्तता आदि तत्वहरुले भुमिका निर्वाह गर्दछ र पनि पहिलो र प्रमुख विषय चाहिँ शासकमा हुने दृढता र इच्छा शक्ति नै हो।

जुन गाउँ ,ठाँउ र देशमा अगुवा ,नेता वा शासक दुरदर्शी हुन्छ,पारदर्शी हुन्छ,जन उत्ततरदायी हुन्छ र आफ्नो गन्तब्यको यकिन गरि निश्चितताकासाथ अघि बढने प्रण गर्दछ,हरेक उपलब्धिलाई गौरव ठान्दै सफलता मान्दछ र काम गर्ने क्रममा देखा पर्ने बाधा र व्यवधानलाई सिक्न बाँकी पाठको रुपमा लिन्छ,अर्को अर्थमा सफलतामा मात्तिने वा प्रसंशा खोज्ने र असफलतामा आत्तिने गर्दैन तर सदैब आफ्नो समाज र मुलुकको उन्नति प्रगतिमा समर्पित भैरहन्छ,बल्ल त्यहाँ विकासको आशा गर्न सकिन्छ ।

आज हाम्रो देशमा किन विकासको प्रतिफल जनताले पाउँन सकेनन् ? यसका पछाडि अनगिन्ती कारणहरु हुन सक्छन र पनि मुल कारण भन्नुपर्दा स्थिर सरकारको अभाव पनि एउटा कारण होला ,यद्यपि सरकारमा जानेहरुको देश सुहाउँदो योजना नहुनु ,प्रतिपक्षीहरुसंग आफू सत्तामा जाँदा गर्ने योजनाको अभाव रहनु नै मुख्य कारण देखिन्छ।

यतिमात्र होइन जब आफू र आफ्नो नीजी नीतिको अभाव हुन्छ अनि त्यहाँ अर्काको नकारात्मक टीका टिप्पणीमा रमाउने गरिन्छ,यो गर्न नसक्नेहरुको विशेषता नै हो।अर्को कारण जुन दल वा पार्टी सरकारमा गएको हुन्छ उसको समर्थक शुभचिन्तकहरुले पनि आ आफ्नो गाउँ ठाँउमा विकास गर्नुको बदला गल्तिलाई लुकाउने र प्राप्त स्रोत साधनलाई प्रशंसा र चुनावी तुरुपको रुपमा उपयोग गर्ने गरिन्छ।

यसैले यदि हामी वास्तविक विकास चाहन्छौ भने हामी सबैले साझा प्रतिबद्दता गर्नै पर्दछ कि विकास हामीले हाम्रो लागि आफैँद्वारा शुरुआत गर्नु पर्दछ।यसको एउटा संकल्प गर्नैपर्छ कि विकासका लागि पुर्वाग्रह भन्दा माथी उठेर रास्ट्रको श्रोत र साधनलाई  सबैका लागी हो भन्ने मानेर आ आफ्नो बल वुद्दिको सीमान्त प्रयोग गरि अघि बढ्ने एकता नै वल हो भन्ने भनार्इलाई आत्मसाथ गरि सही तवरले व्यवहारमा प्रयोग गर्न सकेमात्र विकासको सम्भावना हुन्छ ,नत्र आ आफ्नोन पालामा केही नगर्ने अरुलाई दोष दिएर आत्मरती लिनुको विकल्प रहदैन।अत मिलेर अघिबढ्न सके असम्भव केही छैन।



0 comments

Write Down Your Responses