Powered by Blogger.
उत्तरी क्षेत्र स्तरीय फुटबलका ४ खेल सम्पन्न


पालुङ, २६ मंसिर । मकवानपुरको उत्तरी क्षेत्र स्तरीय फुटवल प्रतियोगिता अन्र्तगत आज ४ खेल सम्पन्न भएको छ ।

 पाथीभरा युवा क्वलको आयोजनमा इन्दायणी खेल मैदानमा जारी प्रतियोगितामा पाथीभरा युवा क्वल ए र ट्वीन युवा क्वल, नवजागृति युवा क्वल र ऋषेश्वर युवा क्वल, त्यसै गरी अङ्गारे युवा क्वव र निष्पक्ष युवा क्वल, दम्की र आयोजक बीच भएको थियो । 

प्रतियोगिता अन्तर्गतको समुह कको पहिलो खेलमा ट्वीन युवा क्वललाई पाथीभरा युवा क्वल एले ४ गोल गरेको छ । खेलमा ट्वीन यूवा क्वलले कुनै पनि गोल गर्न नसकी पराजित भएको हो । त्यस्तै आजै भएको समुह ख को दोस्रो खेलमा नवजागरण युवा क्वललाई ३ गोलले ऋषेश्वर युवा क्वल विजय भएको छ । 

समुह ग अङ्गारे युवा क्वल र निष्पक्ष युवा क्वल २–२ गोल गर्न सफल भई बराबरीमा रोकिएको थियो । त्यसै गरि समुह घको चौथोे खेलमा दम्की युवा क्वलले आयोजक वि लाई ३–० गोल अन्तरले पराजित गरेको छ भने दम्की र आयोजक वि क्वाटर फानलमा प्रवेश गरेका छन् । 

भोलिको पहिलो खेल गोगने युवा क्वल र गोपाली युवा क्वलबबीच बिहान ८ वजे हुने जनाएको छ । त्यसै गरि समुह ख को दोस्रो खेल प्रगतीशिल र लिटिल वोइज युवा क्वल, समुह गको तेस्रो खेल शसक्त र शिखरकोटबीच हुने क्वलका अध्यक्ष हरिराम कार्कीले जानकारी दिनु भएको छ ।



0 comments

Write Down Your Responses