Powered by Blogger.
मधेशका सबैजसो माग संविधानमा समावेश भयो, आन्दोलनको औचित्य छैनः थापा


हेटौंडा, २६ मंसिर । उपप्रधान, परराष्ट्र, संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले तराई मधेश केन्द्रीत दलहरुले माग राख्दै आएको सिमाङ्कनको विषय तत्काल संवोधन नहुने बताउनु भएको छ । 

संविधानको राष्ट्रव्यापी प्रचार अभियान अन्तर्गत शनिबार हेटौँडामा आयोजित कार्यक्रममा उप्रधानमन्त्री थापाले सिमाङ्कनको विषय जटिल भएको भन्दै हचुवाका भरमा सिमांकन नहुने बताउनुभयो । 

उहाँले उच्चस्तरीय राजनीतिक समिति गठन गरेर केही समयपछि समाधान गर्न सरकारमा रहेका र प्रमुख प्रतिपक्षि काँग्रेस समेत  प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री थापाले मधेशका सबैजसो माग संविधानमा समावेश भएको जिकिर गर्दै आन्दोलनको औचित्य छैन भन्नुभयो । 

आन्दोलन समय खेर फाल्न छाडेर वार्तामा आउन आग्रह गर्दै मन्त्री थापाले नागरिकता लगायत संविधानका बारेमा भ्रम फैलाएको बताउनुभयो । परराष्ट्रमन्त्री थापाले चाँडै नाका सुचारु हुने विश्वास व्यक्त गर्नुभयो ।



0 comments

Write Down Your Responses