Powered by Blogger.
पालुङ जेसिजमा चुनावी रौनक तिव्र

शिवकुमार खत्री
पालुङ, २८ मंसिर । पालुङ जेसीज वर्ष २०१६ को कार्य समितिको लागि अध्यक्षमा ३ जनाको उमेद्वारको नामावली दर्ता भएको छ ।

थाहा नगपालिकाका शिवकुमार खत्री र अन्जल प्रधान तथा बेलापुर–८, डडेलधुराका  भूमिराज अवस्थीले उम्मेदवारी दर्ता गरिएको निर्वाचन अधिकृत प्रदीप प्रधानले बताउनु भयो ।

शिवकुमार खत्रीले सन् २००९ मा शाखा सम्पादक, २०१० मा वातावरण संयोजक, २०११ मा उपाध्यक्ष, २०१३ मा कार्यकारिणी उपाध्यक्ष, २०१४ मा पर्यटन प्र्रवद्धन संयोजक २०१५ मा अध्यक्ष उपविजेता  पद सम्हालिसकेमा छन् । उनी कुण्डलदेवि सहकारी संस्थाका अध्यक्ष तथा एभरेष्ट युवा विकास क्वलका अध्यक्ष समेत रहेका खत्रीले जेसिजको सदस्य अभिवृद्धि गरि उत्कृष्ट शाखाको पहिचान गराउने, कृषि तथा पर्यटन नगरको रुपमा विकास गरि सरोकार निकाय संग सम्मन्वय गर्ने, पालुङ जेसीजको सभाहल निर्माण पूर्णरुपमा सम्पन्न नभएका कारण हललाई पूर्णता दिने तथा अझ प्रभावकारी कार्यक्रम गरी जेसीजको गरिमा बढाउन आफ्नो उमेदवारी रहेको बताउनु भयो ।

सो अवसरमा कुरा गर्दै पालुङमा रहेको जेसिजलाई हरेक युवाहरुलाई जेसिज के हो ? यसले के गर्छ ? भन्ने विषयमा तालिम सञ्चालन गरि युवालाई अग्रसर बनाउने बताउनु भयो ।त्यस्तै अर्का उमेद्वार भुमिराज अवस्थी सन् २०१० मा पालुङ जेसीज प्रवेश गरेका  हुन् । उनी  सन् २०११ मा उपाध्यक्ष, २०१२ मा महासचिव, २०१३ मा प्रकरण निर्देशक ,२०१४ मा कार्यकारिणी उपाध्यक्ष, २०१५ मा कानुनी सल्लाहकार पद सम्हालिसकेका व्यत्ति हुन् ।

उनले पालुङ जेसीजको सभाहल पूर्णरुपमा सम्पन्न नभएका कारण हललाई सम्पन्न गराउने तथा नेतृत्व ,भ्रातृत्व तथा व्यक्तित्व विकासको अवधारणलाई मनन गर्दै प्रभावकारी कार्यक्रम गरी जेसीजको गरिमा बढाउन आफ्नो उमेद्वारी रहेको बताउनु भयो ।

त्यस्तै अर्का अञ्जन प्रधान सन् २०१४ मा उपाध्यक्ष, २०१५ मा जनसम्र्पक निर्देशक समेत पद सम्हालिसकेका छन् । पालुङ जेसिजलाई उत्कृष्ट बनाई नेपाल जेसिजलाई चिनाउने र सबै सदस्यहरुलाई एकिकृत गराई विभिन्न नयाँ नयाँ कार्यक्रम गराउने उहाँले बताउनु भयो ।

 त्यस्तै दुई कार्यकारिणी उपाध्यक्षका लागि संगीता बलामी र विक्रम केसीले नाम दर्ता गराएका छन् । चार उपाध्यक्षका लागि कृति लो, किशोर प्रधान, श्रृजना गोपाली, विजय मल्लले नाम दर्ता गराएका छन् । आज नाम दर्ता गाराउने अन्तिम म्याद ५ वजे सम्म रहेको थियो । जेसीजमा ७१ जना सदस्य छन् । जेसीजमा एक व्यक्ति एक कार्यकाल मात्र हुन पाउने प्रावधान छ ।

जेसीजको निर्वाचन तालिका अनुसार मंसिर २९ गते उम्मेवद्वारको अन्तिम नामावली प्रकाशन, पौष १ गते उम्मेद्वारी तालिम र पौष २ गते १६ औं साधारण सभा तथा निर्वाचन कार्यक्रम हुने अध्यक्ष जर्म श्रेष्ठले बताउनु भयो ।– रुपक कालिराज,पालुङ


अन्जल प्रधान

भूमिराज अवस्थी

0 comments

Write Down Your Responses