थाहाका भूकम्प पिडितलाई न्यानो कपडाका किन्न रेडक्रसले दियो रकम

पालुङ, २९ मंसिर । भूकम्प पीडितलाई जाडो याममा ‘न्यानो कपडा खरिद’का लागि थाहा नगर पालिका वडा नम्मर ६ र ७ का भूकम्प पिडितहरुलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ वितरण गरिएको छ ।
थाहा नगरपालिका वडा नम्मर ६ का ३ सय ९५ र वडा नम्मर.७ का ४ सय ३२ भूकम्प पिडितलाई रकम वितरण गरिएको रेडक्रसका जिल्ला सदस्य हरिकृष्ण कार्कीले जानकारी दिनु भयो ।भूकम्प पिडितहरुलाई नेपाल रेडक्रस सोसाइटी शाखा हेटौडाको सहयोगमा हाल सम्म गोगने गाविस , डाँडाखर्क, नामटार, खैराङ गाविसमा रकम वितरण गरि सकेको कार्कीले बताए ।
पूर्ण रूपमा घर क्षति भएका परिवारलाई जाडोयाममा कपडा खरिद गर्न सो रकम प्रदान गरिएको हो । अस्थायी टहरामा बसिरहेका पीडितलाई चिसोले आक्रान्त पारेको पीडा पोखिएपछि सरकारले न्यानो लुगा खरिद गर्नका लागि भनी थप १० हजार रुपैयाँ प्रति परिवार दिने घोषणा गरेको थियो । ढिलै भए पनि रकम पाएकोमा आफुमा खुसी छाएको नगरका पीडितले बताएका छन । पीडित सुमन केसीले रकमले केही मात्रै भए पनि राहत मिल्ने भन्दै खुसी प्रकट गरेका गरे ।
त्यस्तै मकवानपुरको गोगने गाविसका ७ सय ६० घरधुरी मध्ये ७ सय २६ घरधुरीका व्यक्तिहलाई १० हजार वितरण गरिएको छ । नेपाल सरकारबाट जाडो महिनाको लागि न्यानो कपडाको लागि दिने भनिएको १० हजार नेपाल रेडक्रस सोसाइटीबाट बितरण भएको हो । ७ सय २६ घरधुरीले रकम बुझिसकेको गाविसका सचिव राजेन्द्र कुमार क्षेष्ठले बताउनुभयो ।
छुट भएका व्यक्तिहरुले नेपाल रेडक्रस सोसाइटी हेटौडाको फोन ०५७ ५२०७११ वा ९८४५०२८७११ मा सम्पर्क गरी आफ्नो रकम लिन सकिने बताएको छ ।


0 comments
Write Down Your Responses