मकवानपुरमा गुटको राजनीति त्यही हलमा समाप्त भइसक्यो
![]() |
रामचन्द्र बल लामा, जिल्ला कमिटी सदस्य, नेकपा एमाले (मकवानपुर) |
नेकपा एमाले मकवानपुरको १० औं अधिवेशनबाट पूर्व विद्यार्थी नेता रामचन्द्र बल लामा शानदार मतका साथ निर्वाचित भए । २ नम्मर क्षेत्रको भूगोल कोटाबाट निर्वाचित उनी जिल्लाका लोकप्रिय र मिलनसार नेताका रुपमा चिनिन्छन् । यस अघि समेत एक कार्यकाल जिल्ला कमिटी सदस्यका रुपमा काम गरिसकेका उनी २ नम्मर क्षेत्रमा मात्र होइन जिल्लाभरी नै अलग्गै पहिचान बनाउन सफल भएका छन् । ०४५ सालतिर अनेरास्ववियुको जिल्ला कमिटी सदस्य समेत भएर भूमिगत राजनीति समेत गरेका उनी लामो समय राजनीतिबाट ओझेल परेका थिए ।
पेशाका क्रममा राजधानी बस्दा उनी नेकपा एमाले मकवानपुर काठमाडौँ सम्पर्क मञ्चको सल्लाहकार तथा २ कार्यकाल नारायणी अञ्चल सम्पर्क कमिटीको सदस्य भएर पार्टी काममा लागिरहे । सम्पर्क मञ्चको राजनीतिमा सक्रीय भइरँदा उनी भूगोलको सम्वन्धबाट टाढिकएमा थिएनन् । बल पार्टी काममा लागि हप्ताको दुई पटक गाउँ जान पनि पछि पर्दैनथे । उनले गाँउ, इलाका र क्षेत्रीय कमिटीमा पनि लामो समय पार्टी काम गरीरहे । यही कारण भूगोलको राजनीतिमा जर्वजस्त स्थापीत भएका उनी नेपाल लोकतान्त्रिक तामाङ संघका केन्द्रीय सचिवालय समेतको जिम्मेवारीमा छन् ।
नख्खुजेल विद्रोहका अगुवा वीरबहादुर लामाहरुले एमाले छोड्दा कुनै हालतमा पनि पार्टी परित्याग गर्न दिनु हुँदैन भनेर निक्कै लागेका थिए उनी । वीरबहादुरसंग पारिवारिक नाता समेत जोडिएका उनले वीरबहादुरले एमाले त्यागेर संघीय समाजवादी पार्टी गठन गरेपछि मकवानपुरका आम तामाङ समुदायलाई समेटेर बहुपहिचानका पक्ष र पार्टी निर्णयमा एकढिक्का राख्न निक्कै मेहनत गरेका थिए ।
२०४१ सालदेखि पार्टी राजनीतिका जोडिएका उनी हाल जिल्ला सदस्यमा निर्वार्चित भएपछि क्षेत्रीय इन्चार्ज समेत बन्ने चर्चा चलिरहेको छ । भर्खरै सम्पन्न जिल्ला अधिवेशन, पार्टी राजनीति र एमाले मकवानपुरका थप योजनाबारे लामासंग दामन पोष्ट डटकमले लामो कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीका केहि अंशः
सर्वप्रथम त जिल्ला कमिटी सदस्यमा निर्वाचीत हुनुभएकोमा तपाई र तपाई मार्फत सिङ्गो कमिटीलाई हार्दिक बधाई छ ?
हार्दिक धन्यबाद छ तपाईहरुलाई । र, तपाई मार्फत सिङ्गो सञ्चार क्षेत्रलाई, जसले हाम्रा गतिविधीहरु प्रचारप्रसारमा ठूलो भूमिका निर्वाह गर्नुभयो । म र मेरो सिङगो कमिटी अझ खासगरी नवनिर्वाचित अध्यक्ष मुनु सिग्देलका तर्फबाट पनि आम कार्यकर्ता, नेता र जिल्ला अधिवेशन सफल पार्न सहयोग गर्नुहुने सबैलाई हार्दिक आभार प्रकट गर्दछु ।
मकवानपुरमा लामो समय एक पक्षले पार्टी सत्ता चलाएको थियो, अहिले कस्तो अनुभुती गर्दै हुनुहुन्छ ?
पक्ष र विपक्ष भन्ने कुरा त सोचाईमा भर पर्ने कुरा हो । विगतमा सबैले एकजुट भएर पार्टीको भलो चिताएर काम गर्दा पनि सिमित व्यत्तिहरुको मात्र बोलवाला रह्यो । केही स्वार्थको झुण्डले इमानदार सार्थीहरुलाई सधैं उपेक्षा र समान खालका अवशरबाट समेत बञ्चित गर्ने काम ग¥यो ।
हेटौंडाका बसेर गुटको खेती मात्र गर्ने तथा एकले अर्काको खुट्टा तान्ने अभ्यास भए । यसले गर्दा कुनै गुट फुट नचाहने असली कार्यकर्ता र नेताहरुलाई पनि जर्वजस्त अर्को गुटको जामा भिराउने काम भयो । यसले मकवानपुरका जर्वजस्त प्यानल बन्यो । दुबै पक्ष संगठित भएर गए । भखैरै सम्पन्न अधिवेशनले नयाँ इतिहास रच्यो । अहिले जिल्लाको पार्टी राजनीतिमा राजनीतिक शक्ति शन्तुलन मिलेको छ ।
तलसम्मै गुटगत हिसाबले भोट माग्नुभयो, यसले कार्यकर्तामा असर पार्दैन ?
एमालेमा माथिका नेता जति सचेत छन् तलका कार्यकर्ता त्यो भन्दा बढी सचेत र संगठित भएको मैले पाएको छु । कार्यकर्ताको बलियो जगबाट नै एमाले राष्ट्रिय राजनीतिमा ड्यासीङ र अन्य दललाई आफूसंगै लतार्न सक्ने हैसियतमा पुगेको हो । कुनै एउटा सन्दर्भमा जिल्लामा त्यसरी प्यानलको अभ्यास भएपनि अब अधिवेशन सम्पन्न भएसंगै त्यो प्यानलको अभ्यास समाप्त भइसकेको छ ।
हामीले निर्वाचित भएर शपथ ग्रहण गर्ने बेलामा हलबाटै अब कसैलाई उपेक्षा र भेदभाव नहुने गरी समेट्ने उद्घोष गरिसकेका छौं । यो कुरा आम कार्यकर्ता साथीहरुको माझमा भनिएको छ । त्यसैले अब गुटको राजनीति त्यही हलमा समाप्त भइसक्यो भनेर बुझ्दा हुन्छ ।
फेरि गुटको खेती गर्न थालियो भने कार्यकर्ताले नै लाठो लिएर खेद्ने अवस्था बन्छ । त्यसैले अब २ गुट एकै भइसक्यो । विगतका तिता मिठा कुरा भुलेर पार्टी काम उठाउनुको अब विकल्प छैन ।
तपाँई क्षेत्रीय इन्चार्ज दावी गर्दै हुनुहुन्छ रे हो ?
भूगोलका कोटामा निर्वाचित भएको र समकालिन भन्दा सिनियर भएकोले हुनत मैले नै इन्चार्ज पाउदा पनि अन्यथा हुँदैन । तर यो कुरा मैले मिडीयाबाट भन्न मिल्दैन । साथीहरुले अहिले नै मलाई प्रश्ताव गर्नुभएको भन्ने मैले बुझेको छु ।
तर म भन्दा सिनियर र यसअघि क्षेत्रको इन्चार्ज भइसकेका कमरेडहरुलाई पनि चित्तबुझ्दो र पर्याप्त काम दिन सकेमात्र म इन्चार्ज बन्छु अन्यथा मिलाएर जान पनि सकिन्छ भनेको छु । सचिवमा उमेद्वार बने पनि सफल हुन नसक्नु भएका कमरेड विष्णु ढकालसंगको आपशी परामर्श र आम साथीहरुको सुझावका आधारमा मात्र यो विषय टुङ्ग्याइनेछ ।
जिल्ला र क्षेत्रमा पार्टी काम कसरी अगाडि बढाउने योजना छ ?
पहिलो बैठक नै अब केही दिनमा बस्दैछ । वृहत कार्ययोजना र अभियानहरु प्रश्तावका रुपमा छलफलमा पक्कै आउला । तर अबको हाम्रो मूल ध्येय भनेको तलसम्मै राजनीतिक तथा वैचारिक प्रशिक्षण चलाउने, कार्यकर्ताहरुलाई विभिन्न उत्पादन र व्यवसायसंग जोडेर आत्मनिर्भर बनाउने र वडासम्मका हरेक कमिटी चलायमान बनाउने भन्ने हो । कार्यविभाजनपछि यसले गति लिन्छ ।
तामाङ बाहुल्य क्षेत्रमा बाहुन क्षेत्री मात्र नेता बने भन्ने आम कार्यकर्ताको गुनासो छ नी ?
अबको जमानमा जातका आधारमा नेता बन्ने दिन गए । क्षमता र प्रतिश्पर्धाका आधारमा नेतृत्व लिनुपर्छ । अनि हामी जातकै आधारमा पछि परेको भन्ने पनि मान्दैनौं । हाम्रौ समुदायबाट वीरबहादुर लामालाई पार्टीले सांसद, जिल्ला विकास समितिको सभापति, केन्द्रीय सदस्य लगायत धेरै जिम्मेवारी दिएकै हो ।
केही समय धैर्यता गर्न सक्नुभएको भए शायद उहाँ मन्त्री बन्ने पनि निश्चित नै थियो । अब पहिलेको जस्तो संकिर्ण मानसिकताका आधारमा ‘नाक चुच्चे र नाक थेप्चे’ नभेर राजनीति गर्ने जमान गयो । अहिले तामाङ समुदायबाट म छु, राजारामजीहरु सांसद नै हुनुहुन्छ । इश्रलाल रुम्बा, गौतमबुद्ध लामा ठूली गोले हुनुहन्छ भने युवासंघका भाईहरु छन् ।
हाम्रो मुलुक बहुभाषी, वहुधर्मी, बहुसंस्कृति भएको मुलुक हो । हामीले विविधतामा एकताका साथ अघि बढ्नुपर्छ । सबै समुदायसंग विशेष सम्वन्ध राखेर एकरुपताका साथ अघि बढ्नुपर्छ ।
विगतमा राजनीतक नियुत्तिहरु संस्थागत निर्णयका आधारमा नभएको गुनासो छ, अब पनि जसका हातमा डाडु पन्यौं छ, उसैले तर मार्ने त होला नी ?
होइन, अब कदापि त्यस्तो हुँदैन वितमा जिल्ला पार्टीले मुनु सिग्देललाई हेटौंडा अस्पताल विकास समितिको अध्यक्षमा सिफारिस ग¥यो, सुनीलजी केन्द्रको पहुँचका आधारमा बन्नुभयो । सुकुम्बाशी समस्या समाधान आयोगमा २ नम्मरबाट ठाकुरराम खड्का र मिना लामाके शिफारिश गरियो, पार्वतीजी बन्नुभयो । जिल्ला खेलकुद विकास समितिमा एकलाल कमरेडलाई शिफरीश गरियो तर केन्द्रबाट माधवजीको ना मसदर भयो सय सबै प्रवृती गलत छन् । आगामी दिनमा यस्तो हुँदैन ।
र अर्को कुरा कार्यकर्ता तथा नेता साथीहरुमा पनि सहिष्णुता हुन भने जरुरी हुन्छ । महाधिवेशनको मुखमा हेटौंडा आउनुभएका पार्टीका वरिष्ठ नेता, लामो समय पार्टी हाँक्नु भएका पूर्व महासचिव र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कार्यालय छिर्न नदिने र ‘मैले चिन्दिन, को हो माधव नेपाल’ भनेर एफएमहरुमा अन्तरवार्ता दिने काम चाँहि हाम्रा साथीहरुले अब रो्क्नुपर्छ । यस्तो प्रवृतिले उहाँहरुका्े कदापि भलो गर्दैन भन्ने त विगतको परिणमले नै देखाइसक्यो ।
जिल्ला पार्टीले जनतालाई अब के कुरामा आश्वस्त पार्न चाहन्छ त ?
हामी हाम्रा कार्यकर्ताको बलमा आम जनताको समेत मन जितेर अघि बढ्छौं । गत संविधानसभामा अलिकति सावधानी नपुग्दा र एमालेकै थोरै अन्तरविरोधका कारण १ नम्मर क्षेत्र गुमेको हो । ३ वटा क्षेत्र हाम्रो छँदैछ । आगामी चुनावमा चारै क्षेत्र तथा स्थानीय निकाय समेत एमालेले विजय गर्ने गरी अगाडी बढ्नेछ ।
विगतको हिसाब किताव गरेर क्षतीपूर्ती गर्ने बेला यही हो । त्यसैले हामी आम जनतालाई पनि दायाँ बायाँ भौतारिनुभन्दा एमालेको झण्डामा गोलबन्द हुन आग्रह गर्छौ । राष्ट्रिय राजनीतिको मियो र पार्टीहरुबीचको पनि नेता पार्टी हुनुको नाताले अब एमालेको विकल्प छैन ।
वर्तमान सरकारको कदम कस्तो लागिरहेको छ ?
सरकारले जनतालाई पर्याप्त राहत हुनेगरी काम गर्न सकेको छैन । जनता कालोबजारी, अभाव र अनियमितताको चपेटामा रहेको बेला न सरकारले सहज आपुर्तीको अन्य विकल्प खोज्न सकेको छ त न आएको समान नै न्यायोचित वितरयाको आधारमा जनतासम्म पु¥याउन सकेको छ ।
जनताले यो सरकारबाट कति सम्म अपेक्षा गर्न मिल्छ ?
साततिर मुख फर्किएका सातथरी दललाई समेटेर बनेको वर्तमान सरकार आफैंको जग खासै बलियो छैन । नेपालीले आफ्नो संविधान आफैं जारी गरे र भारतको स्वार्थहरु त्यसमा घुसाइएन भनेर भारतले नाकाबन्दी लगाइरहेकै बीचमा राष्ट्रिय स्वाधिनता पक्षधरहरुको अस्थायी र तत्कालिन एकताले यो सरकार बनेको हो ।
त्यसैले धेरै ठूलो अपेक्षा यसबाट नगरौं । तर नियमित कामका साथै आपुर्तीको भरपर्दो विकल्प र जारी संविधान कार्यान्वयनको चरणमा गयो भने पनि मुलुक एउटा लिकमा जान्छ ।



0 comments
Write Down Your Responses