Powered by Blogger.
शिखर र ऋषेश्वर क्लव पुगे फाइनलमा


पालुङ, २ पुस । मकवानपुरको थाहा नगरमा जारी उत्तरी क्षेत्र स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा शिखर क्लब शिखरकोट र ऋषेश्वर ११ प्रवेश गरेको छ ।

बिहीबार भएको सेमिफाइनलमा दम्की युवाक्लब विरुद्ध भएको शिखर क्लबको खेलमा निर्धारित र थपिएको १० मिनेटमा समेत कुनैपनि गोल हुन नसकेपछि टाइबेकरमा ४–३ को गोल अन्तरले शिखर क्लब विजयी भई फाइनलमा प्रवेश गरेको छ । त्यस्तै बिहीबारै भएको सेमिफाइनलको खेलमा ऋषेश्वर ११ ले निष्पक्ष युवा समूह बज्रवाराहीलाई ५–० को अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको फाइनल खेल शनिवार थाहा नगरको इन्द्रायणी खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले २२ हजार २ सय २२ रुपियाँ नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र पाउनेछन् । त्यस्तै दोस्रोले १५ हजार ५ सय ५५ र तेस्रो हुनेले १० हजार १ सय ११ रुपियाँ नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको आयोजक पाथीभरा युवाक्लबका अध्यक्ष हरेराम कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगिताको तेस्रो पुरस्कार पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड फाँटबजारले प्रायोजन गरेको छ ।– सुरजकुमार भुजेल



तस्बिरः रामकुमार कार्की

0 comments

Write Down Your Responses