Powered by Blogger.
चर्चले गर्यो खाद्यान्न सहयोग


हेटौंडा, ५ पुस । हेटौंडा–१७ मा रहेको दिव्य सेवा निकेतनलाई नेपाल इभाञ्जलिकल चर्च हेटौंडाले खाद्यान्न सहयोग गरेको छ । 

क्रिसमसका अवसरमा चर्चले निकेतनमा रहेका वृद्धवृद्धालाई खाद्यान्न सहयोग गरेको चर्चका बरिष्ठ पास्टर बाबु भर्गिसले जानकारी दिए । ३० केजीका ५÷५ बोरा चामल, ५० केजी आलु, एक बोरा दाल, चिनी, तेललगायत सामग्री चर्चबाट प्राप्त भएको निकेतन अध्यक्ष चम्पुसिंह वाइबाले बताए । 

खाद्यान्न हस्तान्तरण कार्यक्रममा चर्चकी सावित्री भर्गिस, पाष्टर श्याम  राई, रमेश चौधरी, साहस मुक्तान, चन्द्रबहादुर तामाङ, युथ फर क्राइस्ट मकवानपुर संयोजक गोविन्दप्रसाद न्यौपाने लगायतको उपस्थिति थियो ।

0 comments

Write Down Your Responses