Powered by Blogger.
शिखर युवा क्लवले चुम्यो फुटबलको उपाधि


पालुङ, ५ पुस । मकवानपुर उत्तरी क्षेत्र स्तरिय फुटवल प्रतियोगिताको उपाधी शिखर युवा क्वल शिखरकोटले जितेको छ । थाहा नगरपालिकाको इन्द्रायणी चौरमा सम्पन्न फाइनल खेलमा निर्धारित समयमा खेल सम्पन्न हुन नसके पछि आयोजकको निर्णय अनुसार १० मिनेट थप गरि खेलाइएको थियो  । 

सो खेलमा पनि कुनै गोल गर्न नसके पछि टाइवेकरमा लगिएको थियो । टाइवेकरमा ऋषेश्वर ११ दोवाटोलाई ४ का विरुद्ध ५ गोल गर्दै शिखर युवा क्वल शिखरकोटले उपाधी जितेको हो । तेस्रो स्थानको लागि दम्की युवा क्लव र निष्पक्ष युवा क्लव वज्रवाराही बीच खेल भएको थियो । सो भिडन्तमा ४–० को फराकिलो जित निकाल्दै दम्की युवा क्वलले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । 

प्रतियोगितामा शिखर युवा क्वलका पुस्कर खड्का वेष्ट किपर घोषित भएका थिए । ऋषेश्वर ११ का अनिल चौधरी ‘घोडा’ वेष्ट प्लेएर र वेष्ट डिफेन्डरको रुपमा ऋषेश्वर ११ का सुमन विष्ट घोषित भएका थिए भने निष्पक्ष युवा क्वल वज्रवाराही वेष्ट व्यवस्थापन टिम वन्न सफल भएको छ ।

उत्तरी क्षेत्र खेलकुद विकास समितिका अध्यक्ष राजेश केसीको प्रमुख आतिथ्यता तथा पाथीभरा युवा क्वलको अध्यक्ष हरेराम कार्कीको सभापतित्वमा भएको समापन कार्यक्रममा प्रथम हुने शिखर युवा क्वल शिखरकोटले २२ हजार २ सय २२ रुपियाँ नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो ऋषेश्वर ११ ले १५ हजार ५ सय ५५ र तेस्रो दम्की युवा क्वलले १० हजार १ सय ११ रुपियाँ नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन । 

मंसिर २३ गते देखि सुरु भएको प्रतियोगितामा राष्ट्रिय एम्पाएर दधीर प्याकुरेल, रियाजुल इस्लाम, सानु मगर र अनिल चौधरी रहनु भएको थियो । एक आपासमा आपसी भाईचाराको विकास गर्ने र उत्तरी भेगबाट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको सो प्रतियोगितामा उत्तर्री भेगका १८ टीमको सहभागिता रहेको थियो । –रुपक कालिराज, पालुङ



0 comments

Write Down Your Responses