Powered by Blogger.
सिसिडिएनले बाँड्यो न्यानो कपडा


पालुङ, ६ पुस । मकवानपुरको थाहा नगरपालिकाको वडा नम्मर ९ दामनका तीनसय घरधुरी भूकम्प पिडितका लागि सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन)ले न्यानो कपडा वितरण गरेको छ । 

थाहा नगर अन्तर्गत वडा नम्मर २ र ३ का गरी थाहा नगरका ७ सय ५० घरधुरीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको छ । उनीहरुलाई प्रति परिवार १२ हजार रुपियाँका दरले न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा सिसिडिएनका कार्यक्रम निर्देशक महेन्द्रबहादुर मगरले मकवानपुरका कुल एक हजार एकसय ६४ भूकम्प पिडित परिवारलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । पिडितहरुलाई युरोपियन कमिशन, आइसीसीओको सहयोगमा न्यानो कपडा वितरण गरिएको हो । 

कार्यक्रममा आइसीसीओ प्रतिनीधि सुभाष न्यौपाने, थाहा नगरपालिकाका योजना प्रमुख प्रकाश लामा, समाजसेवी ज्योति रायमाझी, वडा नागरिक मञ्चका संयोजक दिपकसिंह लामा लगायतका स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।


0 comments

Write Down Your Responses