Powered by Blogger.
कुलेखानी जलाधार क्षेत्र व्यवस्थापनमा स्थानीयको जोड


पालुङ, ७ पुस । थाहा नगरपालिकाको सभाहल विकास घरमा कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा व्यवस्थापन गर्ने सम्बन्धमा एक दिने अन्तक्र्रिया सम्पन्न भएको छ । 

जिल्ला भूसंरक्षण कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा व्यवस्थापन गर्ने गरि संरक्षित क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने र जलाधार क्षेत्रलाई व्यवस्थापन गर्न नौ उप जलाधार क्षेत्रहरुमा विभाजन गरि जलाधार व्यवस्थापन योजना निर्माणको लागि सम्पर्क व्यक्तिहरु छनौट गरिएको थियो । 

प्रमुख अतिथिको रुपमा रहनु भएका क्षेत्र नम्मर २ का सभाषद सुभासचन्द्र ठकुरीले तल्लो उत्पादन क्षेत्र, प्रभावित क्षेत्र र उपल्लो क्षेत्र गरि तीन क्षेत्रमा विभाजन गरि व्यवस्थापन गर्न सुझाव दिनुको साथै कुलेखानीलाई संरक्षित क्षेत्रको रुपमा लैजान जिल्ला र संसदमा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । 
कार्यक्रममा कुलेखानी जलाधार क्षेत्रको विगत र बर्तमान अवस्था तथा भावी योजनाको बारेमा जिल्ला भूसंरक्षण अधिकृत पुष्पराम थापा र सहायक भूसंरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रममा सरोकारवालाहरु बीचमा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका १५ वडाका नागरिक मञ्चका संयोजकहरु, टिष्टुङ, मार्खु, कुलेखानी र फाखेलका सचिव तथा पुर्व अध्यक्षहरु, सर्वदलीय समितिका पदाधिकारीहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सभापति समेत रहनु भएका थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले नगर विकास योजना र जलाधार संरक्षणलाई संयोजन गरेर लानको लागि सुझाव दिनु भएको थियो ।

0 comments

Write Down Your Responses