Powered by Blogger.
जनकल्याण उच्चमाविलाई शैक्षिक सामग्री प्रदान

पालुङ, ७ पुस । थाहा नगरपालिका वडा नम्मर ७ मा रहेको जनकल्याण उच्च माविलाई माइती नेपाल गौशाला र हेटौडाको आर्थिक सहयोगमा आज शैक्षिक सामग्री प्रदान गरिएको छ । 
“हाम्रो आवाज, चेली बेटी वेचविखनबाट मुक्त समाज” भन्ने मुल नारा र वालमैत्री वातावरणमा पढ्न पाउनु पर्ने भन्ने विषयलाई मध्यनजर गर्दै खेलकुद सामाग्री, मनोरञ्जनको सामाग्री प्रदान गरिएको फिल सुपरभाइजर मन लामाले बताउनु भयो । 
डिईए प्रोजेक्ट अन्तर्गत  माइती नेपाल पिङला स्थान गौशाला र हेटौडाका कार्यक्रम संयोजक माया लामा, फिल सुपर भाइजर मन लामा, रिता ढुङगेल र सामाजिक परिचालक विद्या लामाको सहयोगमा विद्यालयका प्रार्चाय सानोभाई कार्कीलाई  सामाग्री हस्तन्तरण गरिएको थियो ।

0 comments

Write Down Your Responses