Powered by Blogger.
पालुङ भ्याली हार्ट एकेडेमीका अभिभावकहरुलाई एक दिने अभिमुखिकरण



पालुङ, ७ पुस । मकवानपुरको थाहा नगरपालिका अवस्थित रहेको पालुङ भ्याली हार्ट एकेडेमीका अभिभावकहरुलाई बाल मनोविज्ञान सम्बन्धी एक दिने अभिमुखिकरण तालिम दिइएको छ ।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन अधिकारीको सभापतित्वमा भएको तालिममा २ सय भन्दा बढि अभिभावकहरुको उपस्थिती रहेको थियो । पालुङ जेसिसको सभाहलमा भएको तालिममा स्कुल साइकोलोजी सोसियल सर्भिस नेपालका साइकोजिष्ट रमेश पराजुलीले सहजीकरण गर्नु भएको थियो । 

तालिममा वालवालिकाको मनोविज्ञान बुझी पिट्ने वा यातना दिने कार्यले नकरात्मक परिणाम आउने भएकोले हरेक कार्यमा उत्साह दिदै अगाडि लैजानको लागि सबै अभिभावकलाई सचेत पारिएको थियो । हेरचाह, बानीव्योहोरा, पठनपाठन परिवर्तन गर्न अभिभावकले सकारात्मक भुमिका खेल्नु पर्ने पराजुलीले बताउनु भयो । 
विद्यालयका प्रीन्सीपल सुरेन्द्रमान प्रधान, शिक्षक अभिभावक संघका अध्यक्ष जयन्ती रायमाझी लगायतले मन्तव्य राख्नु भएको थियो । यसैगरी, आज नै विद्यालयले आफ्ना शिक्षकहरुलाई प्रभावकारी शिक्षण सिकाइ तथा कक्षा व्यवस्थापनका विषयमा तालिम प्रदान गरेको विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रमान प्रधानले जानकारी दिएका छन् ।




0 comments

Write Down Your Responses