Powered by Blogger.
थाहा नगर पुनर्निर्माणको लागि सिटिइभिटिको तालिम


थाहा, ८ पुस । भूकम्प पछिको पुनर्निर्माणलाई लक्षित गर्दै नेपाल भारत बहु प्राविधिक शिक्षालय तथा सिटीइभिटी हेटौंडाको प्रायोजन तथा भ्वाइस नेपालको समन्वयमा थाहा नगरपालिकामा विभिन्न तालिमहरु शुरु भएको छ । 

थाहा नगरपालिकाको सभाहलमाआज तालिमको  औपचारिक शुरुवात गरिएको हो । थाहा नगरपालिका भित्र सञ्चालन हुने तालिमहरुमा मेसन (डकर्मी), हाउस वायरिङ र सिलाई सम्बन्धि तालिम रहेको छ ।थाहा नगरपालिकाका नायब सुब्बा अनिल लामिछानेको उपस्थितिमा औपचारिक शुरु गरिएको तालिममा प्रत्येक विधाको लागि २०÷२० जना छनौट गरिएको छ । 

तालिम लिन चाहनेहरुलाई पुस ४ गते सम्म आवेदनको लागि अन्तिम म्याद राखिएकोमा थाहा नगरपालिका तथा आसपासका गााविसहरु मध्येबाट मेसनमा २६ जना, हाउस वायरिङमा ६२ जना र सिलाइको लागि १ सय १८ जनाको आवेदन परेको भ्वाइस नेपालका सचिव राजेश श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमको अतिथिको रुपमा रहनुभएका सिटिइभिटी हेटौंडाका प्रमुख विनोदचन्द्र झाले भूकम्प पछिको पुनर्निर्माणलाई ध्यानमा राखेर तालिमको आयोजना गरिएको र थाहा नगरपालिकामा सीप सिक्नको लागि आवेदन भर्ने सहभागीहरुलाई मध्ये नजर गर्दै थाहा नगरपालिकाको बज्रवाराही क्षेत्रमा छुट्टै हाउस वायरिङ र सिलाईको तालिम संचालन गरिने जानकारी दिनु भयो । 

उहाँले तालिमको समापन पश्चात आवश्यकता र माग हेरी अन्य विधाका तालिमहरु पनि संचालन गर्ने जानकारी गराउनु भयो ।नायब सुब्बा लामिछानेले स्थानीय संघसंस्था, सिटिइभिटि र नगरपालिकाले एक आपसमा समन्वय गरेर अगाडी बढ्ने बताउनु भयो । साथै उहाँले नेपाल सरकारको मापदण्ड अनुसार घरहरु निर्माणको लागि सोहि अनुसारले सीप सिकाउनको लागि प्रशिक्षक तथा संस्थालाई सुझाव दिनुभयो । 

अतिथिको रुपमा रहनु भएका पाथिभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक तथा भ्वाइस नेपालका आजिवन सदस्य राजाराम कार्कीले शुभकामना संगै सिलाईमा उत्कृष्ट हुने सहभागीलाई नगद पाँच हजार रुपैंया सहयोग गर्ने बताउनुभयो ।

सभाध्यक्षको रुपमा रहनुभएका भ्वाइस नेपालका अध्यक्ष मोहनमान श्रेष्ठले कार्यक्रम समापन गर्दै हाल संस्थाले सामुदायीक रेडियो आवाज एफएम सञ्चालन संगसंगै सामाजिक कार्य गर्न विभिन्न दातृ संस्थाहरुसंग समन्वय गरिरहेको तथा आगामी दिनमा पनि अन्य कार्यक्रमहरु छिट्टै ल्याउने बताउनु भयो ।–रुपक कालिराज र राजेश श्रेष्ठ, पालुङ



0 comments

Write Down Your Responses