Powered by Blogger.
फुटबलमा अव कालो दिन हुंदैनः सदस्य सचिव बिष्ट


काठमाडौं, माघ ९ गते । अब फुटबलमा फेरी कालो दिन नआउने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले बताएका छन् ।

बंगबन्धु गोल्ड कप विजेता नेपाली फुटबल टोलीलाई सम्मान गर्न दशरथ रङ्गशालमा शनिबार आयोजित कार्यक्रममा सदस्य सचिव बिष्टले नेपाली खेलकुदमा लागेको कालो दागलाई अबका दिनमा फर्केर हेर्नु नपर्ने भन्दै कुनै पनि खेलाडीहरुले म्याच फिक्सिङ्गको आरोप झेल्नु नपर्ने बताए ।

उनले खेलाडीहरुले बगंबन्धु रङ्गशालामा जुन जुझारुपनको जित निकाले त्यो जित खेलाडी, फुटबल र खेल क्षेत्रका मात्र नभई तीन करोड नेपालीको जित भएको बताए ।

 सदस्य सचिव बिष्टले अन्तराष्ट्रिय प्रतियोगितामा हारको खडेरीलाई यस बिजयले परिपूर्ति गरेको भन्दै नजिकै आएैका १२ औं दक्षिण एशियाली खेलकुदमा समेत यसलाई निरन्तरता प्रदान गर्ने बिश्वास ब्यक्त गरे । 
यस्तै सदस्य सचिव बिष्टले टोलीका प्रत्येक सदस्यलाई २ लाख प्रदान गर्न सरकारलाई अनुरोध गर्ने समेत बताए ।


0 comments

Write Down Your Responses