Powered by Blogger.
काँग्रेसका कर्मचारीभित्रै गर्भनर पदको व्यापक दुरुपयोग गरेर आफ्नो समुहलाई हराएको आरोप


काठमाडौं, १० माघ । नेपाल राष्ट्र बैंकमा क्रियाशील काँग्रेस निकट वित्तीय संस्था कर्मचारी संघको केन्द्रीय समितिको गत साता सम्पन्न निर्वाचनमा भएको हार जितमा गभर्नर डा. चिरञ्जीवी नेपाल स्वयम् तानिएका छन् । 

नेपाली काँग्रेसको संस्थापन पक्षले एक्लौटी ढंगले जित हात पारेको उक्त निर्वाचनमा बैंकका गभर्नर, सबैजसो काँग्रेसी कार्यकारी निर्देशक र निर्देशकहरुले पदको दुरुपयोग गरेको पराजित समूहको आरोप छ । काँग्रेसको आगामी महाधिवेशनमा झैं स्पष्ट रुपमा दुई खेमामा विभाजित काँग्रेसी कर्मचारीहरुले गभर्नर नेपालका कारण बलेको आगो तापेको विश्लेषकहरुले अर्थ लगाउन थालेका छन् । 

एमाले र एमाओवादी निकट कर्मचारी संघ÷संगठनहरु गभर्नरसँग असन्तुष्ट बन्दै गएको अवस्थामा स्वयम् काँग्रेस निकट कर्मचारीहरुमा देखिएको चरम गुटबन्दीले गभर्नर नेपालको निम्ति आगामी दिन थप चुनौतीपूर्ण हुने निश्चित देखिएको छ । 

आफ्नै निकट कर्मचारीहरुलाई पनि सके मिलाउने र नसके पनि ‘न्युट्रल’मा बसेको भए गभर्नरलाई सहज हुने थियो । कठिन मोडमा रहेका बेला गभर्नर न्युट्रल बस्दीँदा राम्रो हुन्छ भन्दै उनी निकट केही कार्यकारी निर्देशकले दिएको सुझावलाई पनि उनले लत्याएको केही कर्मचारीहरुको आरोप छ । 

बेलैमा डेपुटी गभर्नर नियुक्त गर्न नसकेको, केन्द्रीय बैंकलाई चुस्त ढंगले परिचालन गर्न नसकेको र कतिपय महत्वपूर्ण आन्तरिक प्रशासनिक निर्णय तोकिएको समयमा गर्न नसकेको आरोप लागेका गभर्नरलाई काँग्रेस निकट कर्मचारी संघमा देखिएको तीब्र मतभेदले थप समस्यामा पुर्याउने निश्चित छ । 

उता काँग्रेसी कर्मचारीहरुको चुनावमा गभर्नरको बोलीमा लोली मिलाउँदै डेपुटी गभर्नर बन्न तम्सिनेहरुमा कार्यकारी निर्देशकहरुमध्ये सबैभन्दा अगाडी शिवनाथ पाण्डे, त्रिलोचन पँगेनी, नारायण पौडेल, हरिप्रसाद काफ्ले, शिवराज श्रेष्ठ र विनोद आत्रेय देखिएका छन् । 

कार्यकारी निर्देशकहरुले विभिन्न बहानामा आफ्नो विभागमा रहेका कर्मचारीहरुलाई गभर्नरको चाहना बमोजिम रेग्मी समूहलाई विजयी गराउन उर्दी जारी गरेपछि पराजित समूह रुष्ट बनेको हो । गभर्नरको कार्यालयमा छायाँ गभर्नर बनेर बसेका निर्देशक राजेन्द्र पण्डित र उनकी श्रीमतीले पनि बैंकको स्रोत र साधनको दुरुपयोग गरेर गभर्नरको चाहना मुताबिकको क्रियाकलापलाई अघि बढाएका थिए । 

यसले कर्मचारीको वर्षौंदेखिको विवादलाई चरमोत्कर्षमा पुर्याइदिएको छ । यता डेपुटी गभर्नरको नियुक्तीमा गाँठो परेको छ । गभर्नर एकजना काँग्रेसी कार्यकारी निर्देशकलाई जसरी पनि डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्ने अडानमा बसेपछि सरकार गभर्नर नेपाललाई नै अप्ठेरो पर्नेगरी चुपचाप बसिदिएको छ । 

डेपुटी गभर्नरको अभावमा बैंकका सबै काम लथालिंग हुनेभए पछि केही हप्तामा नै गभर्नरको समस्यबारे महसुस गर्ने र स्वतः डेपुटी गभर्नरको नियुक्तीको लागि मार्ग प्रशस्त हुनेमा अर्थ मन्त्रालय विश्वस्त रहेको बताइन्छ ।



0 comments

Write Down Your Responses