Powered by Blogger.
बतासेमा न्यानो कपडा वितरण

काठमाडौँ, ११ माघ । समाजसेवी राजकुमार ढकालले सिन्धुपाल्चोक जिल्ला मेलम्ची गाविस स्थित ढकाल थोकका स्थानीय बासीन्दालाई न्यानो कपडा वितरण गरेका छन् ।

१२ वैशाखमा गएको भूकम्पका कारण चिसोमा रात बिताउन बाध्य स्थानीयलाई समाजसेवी ढकालले एक सय ८० थान कम्बल, विभिन्न लत्ता कपडाका साथै भाँडाकुँडा समेत वितरण गरेका छन् ।साथै उनले सोहि स्थानमा रहेको जालपादेवि उच्च माद्यमिक विद्यालयलाई १० थान ल्यापटप पाँच सय झोला वितरण गरेका छन् । 

आगामी दिनमा तीन हजार झोला सहयोग गर्ने जानकारी गराएका छन् । भूकम्पका कारण ध्वस्त बनेको उच्च मावि निर्माण गर्न आवश्यक आर्थिक सहयोग गर्न पहल गर्ने भएका छन् । ढकाल थोकका स्थानीयबासी समेत रहेका ढकालले विद्यालयको निर्माणका लागि डेढ करोड रुपैयाँ भन्दा बढी सहयोग गर्ने र त्यसका लागि विभिन्न संस्थासँग कुरा भइरहेको बताए ।

भूकम्पलगत्तै विभिन्न संघसंस्थाले राहत वितरण गरे पनि चिसो मौसम सुरु भएपछि कुनै पनि संघसंस्था, सरोकारवाला निकाय तथा सरकारले समेत बेवास्ता गरि रहेको समयमा समाजसेवी ढकालले गरेको सहयोगले आफूहरुले न्यानोमा रात बिताउन सहज भएको प्रतिक्रिया स्थानीयले दिए ।

ढकालले आफुले प्रचार प्रसारका लागि भन्दा पनि चिसोमा रात बिताउन बाध्य स्थानीयको जिविकोपार्जन सहज बनाउन विभिन्न संघसंस्थालाई आग्रह गरेर सहयोग जारी राखेको बताए । 

शनिबार  सहयोग वितरण समारोहमा इश्वर थापा, मुल कुमार सापकोटा, अर्जुन डोटेल, सुर्य सुवेदी, मुना कुँवर, बच्चु बोहरा लगायतको उपस्थिति थियो । 


0 comments

Write Down Your Responses