Powered by Blogger.
हेटौंडामा योगेशले भने,‘लेनदेनको राजनीतिले मन्त्री मण्डल ठूलो बन्यो’


मकवानपुर,  १० माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान संशोधन पछि मधेसी मोर्चा समेत सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका छन् । 

मकवानपुरको हेटौँडामा प्रेस चौतारी नेपालले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । उनले मोर्चासँगै काँग्रेस पनि सरकारमा सहभागी हुनु पर्नेमा जोड दिए । संशोधनले मधेसी जनतालाई यथेष्ट अधिकार दिएकाले मोर्चा अब आन्दोलनमा लाग्न नहुने भट्टराईको भनाई थियो । 

नयाँ ऐन र कानूनहरु निर्माण गरेर अझ मधेसी समुदायका अधिकारलाई बलिया बनाउने बताउदैै भट्टराईले काँग्रेस पनि जिम्मेवार भएर सरकारमा सहभागी हुनुपर्ने बताए । राजनीतिमा सामान्य लेनदेन हुँदा मन्त्री मण्डल ठूलो बनेको उनले प्रष्ट्याए ।  सरकारमा काँग्रेस सामेल हुने हो भने मन्त्रीमण्डल घटाएर सानो बनाउन सकिने सचिव भट्टराईको तर्क रहेको थियो । 

यसैबीच आइतबार नै एमाले सचिव भट्टराईले नेकपा एमाले मकवानपुरले आयोजना गरेको अनुशिक्षण कार्यक्रममा सम्वोधन गर्दै संविधानको सकारात्मक पक्ष जनतामा पु¥याउन कार्यकर्ता गाउँ पुग्नुपर्ने बताए ।




0 comments

Write Down Your Responses