Powered by Blogger.
प्रेस युनियन मकवानपुरको बनभोज, बिभिन्न पत्रकार आजैदेखि युनियनमा आवद्ध


हेटौंडा, १० माघ । नेपाली कांग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपानेले पे्रस स्वतन्त्रताको ग्यारेन्टी नेपाली कांग्रेसले मात्र गर्नसक्ने बताएका छन् । 

नेपाल प्रेस युनियन मकवानपुरको ९ औँ बार्षिक साधरण सभा एवम् बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रमा मात्रै सम्भव भएकाले यसको ग्यारेन्टि पनि कांग्रेसले मात्रै गर्नसक्ने बताए ।

उनले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता एक अर्काबीच अन्योन्यश्रित रहेकाले यसको जर्गेना कांग्रेसले मात्र गर्नसक्ने दावी गरे । कार्यक्रममा नेपाल प्रेस युनियनका मध्यमाञ्चल संयोजक राममणी दाहालले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद भटराईको नामबाट स्थापन गर्ने निर्णय भएको राष्ट्रिय आमसञ्चार प्रतिष्ठानको नाम परिवर्तन गर्न खोजेर सरकारले कृष्णप्रसाद भटटराईको अपमान गरेको बताए । 
संयोजक दाहालले सरकारले आफनो निर्णय तत्काल फिर्ता नगरे नेपाल प्रेस युनियन आन्दोलनमा उत्रने चेतावनी दिए । 

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका मकवापनुर अध्यक्ष कुमार पौडेल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउत, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष महेन्द्र श्रेष्ठ, नेपाल प्रेस युनियनका उत्तरी क्षेत्रका सदस्य राजेश श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अबसरमा जिल्लामा विभिन्न सञ्चारगृहमा आवद्ध रहेका पत्रकार विजय पौडेल, सुजन ढकाल, मनिषा बस्नेत, सन्नु रिजाल, जनक लामा, मुक्तिनाथ उप्रेती, श्रीकृष्ण पुडासैनी लगायतले मकवानपुरमा आजैबाट आबद्ध भएको घोषणा गरे । 

कार्यक्रम नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेस दुलालको अध्यक्षतामा सम्पन्न भएको हो ।

0 comments

Write Down Your Responses