Powered by Blogger.
जीवन छँदा रुपचन्द्र बिष्टलाई चिनेनन्, मृत्युपछि उनको अभाव पुरा गर्न सक्ने कोही भेटिएनन्




 रुपचन्द्र बिष्टले भने जस्तो थाहा पाउने को होलान् ? मलाई त्यस्तो थाहा पाउने भए जस्तो लाग्दैनन् । वडाका प्रतिनिधी देखि सरकारले पनि निष्पक्ष, सक्रियताको अभ्यास गरेकै छैन । 

कोही न कोही नागरिक समाज, बुद्धिजीबि, पेशाकर्मी, पत्रकार जगत सबैको चालामाला उस्तै छ । उनीहरुले त कसै न कसैको पक्ष लिएका छन् । पत्रकारिता गर्नु पर्ने आम नागरिकको लागि हो तर उनीहरु पनि नेताहरु र मिडिया मालिकहरुको लागि पत्रकारिता गरिरहेका छन् । 

यस्तो परिस्थितिमा रुपचन्द्र बिष्टको थाहा कसले बुझ्ने, बुझे पनि कसले कसरी ब्यबहारमा लागु गर्ने ? जीवन छँदा रुपचन्द्र बिष्टलाई वास्तविक रुपमा उनका अनुयायीहरुले चिनेनन् । मृत्यु पछि रुपचन्द्रको अभाब पुरा गर्न सक्ने कोही भेटिएनन, अनि बिस्तारै बिष्टको अभाब खड्किंदै गयो । 

आँखा अगाडि रहँदा कसैको पनि मन नजाँदो रहेछ । आँखा अगाडि नहुनु र संसारमै नरहनु फरक हो । संसारमै नभएको चीजको आवश्यकता कसरी पूरा हुनु ? संसार मै नभए पनि उनका प्रतिविम्बले धेरैलाई चिमोट्दो रहेछ । मनभित्र गहिरो तुष रहँदो रहेछ । 
बैकुण्ठ ढकाल


अहिले त्यस्तै भएको छ दामन पालुङका रुपचन्द्र बिष्टको अनुयायीहरुलाई । हुन त अनुयायी भनाईनु र अनुयायी नै हुनुमा त आकास जमिनको फरक छ । आकास जमिनको कहिल्यै भेट नभए जस्तै अनुयायी भनाईनु र साँच्चिकै अनुयायी हुनु एकै हो । 


नजिकैबाट रुपचन्द्र बिष्टको संगत नगरे पनि संगत गर्नेहरुबाट सुनेका आधारमै पनि सम्झनै पर्ने नाम, अजम्बरी नाम हो रुपचन्द्र । रुपचन्द्रलाई सम्झने आ–आफ्नै तौर तरिका छन् । कसैले मनले सम्झन्छन बाहिर अभिब्यक्त गर्दैनन, कत्तिले चाहिं मुखले रामराम बगलीमा छुरा ब्यबहार गर्दछन ।

सोच्ने र ब्यबहार गर्ने मानब अन्तस्करणबाट आउनु पर्दछ । तर शिक्षा, अनुभब र अभ्यासले जीबलाई उच्च बनाउँछ । अबको काल आफू अनुकूल बाताबरण बनाउनु हो न कि वाताबरण अनुकूल आफू ।  बिक्रम सम्वत २०५६ साल असार ७ गते रुपचन्द्र बिष्टको मृत्युको खबर देशभर फैलियो । तर रुपचन्द्र बिष्टको जन्मथलो र कर्मथलो पालुङमा त्यत्तिसारो छोएजस्तो आभाष पाईएन । 

हुन त जुनसुकै क्षेत्रमा पनि मृत्युपर्यन्त सम्झने परम्पराले रुपचन्द्रलाई किन पर राख्थ्यो र ! ६५ बर्ष ५ महिना ११ दिन पूरा गरेको दिन रुपचन्द्र बिष्टले संसारबाट बिदा लिए । उनको पञ्च भौतिक शरीर त्यही रुपमा बिलिन भयो । 

रुपचन्द्र बिष्टको शरीर र आत्म छुट्टिएपछि बिष्टलाई सम्झने उपायको खोजी गर्न थालियो । सार्बजनिक र देशलाई योगदान दिने ब्यक्तिको सम्झनामा केहि न केहि गर्ने मेलोलाई पालुङ दामनले पनि पछ्यायो ।रुपचन्द्र बिष्टको विरासतको रुपमा पालुङमा तीन वटा स्थल भौतिक रुपले ठडिएका छन् । शिक्षाको नमूनाको रुपमा जनकल्याण माबि (हाल उच्चमाबि), विकासको नमूना शिखरकोटस्थित विकास घर, पर्यटनको क्षेत्रको अनुपम नमूना दामनस्थित भ्यूटावर । भौतिक रुपमा यी नै सम्पदाहरु रहे पनि मानसिक ज्ञान, शिक्षा उनका विकासे चेतनास्तरलाई यहाँ शब्दमा कैद गरेर त्यसको अबमूल्यन गर्ने आँट मैले गर्न सकिन । 

रुपचन्द्रले राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको चर्चा बेला मौकामा हुने गरेका छन् । यहाँ चाहिं मैले बिष्टको बिरासतको रुपमा दामन पालुङ्गलाई प्राप्त केहि सम्पादहरु र बिकासलाई जोड्ने जमर्को गरेको छु । नेपालकै पहिलो राजपथको रुपमा त्रिभुबन राजपथ बनेपछि पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले दामनमा भ्यूटावर निर्माण भएको हो । बिश्वको सबैभन्दा अग्लो हिमाल सहित बिभिन्न हिमालहरु देख्न सकिने यसको बिशेषता छँदैछ ।
  
नेपाल प्राकृतिक सौन्दर्यले मात्रै नभए धार्मिक पर्यटनका लागि पनि उपयुक्त देश हो ।  लुम्बिनी, पशुपतिनाथ, स्वयम्भुु, मुक्तिनाथ, बराहाक्षेत्र, खप्तड क्षेत्र यसको उदाहरण हुन् । स्थानीय स्तरमा दामन पालुङ्ग क्षेत्रको सास्कृतिक र धार्मिक बैभवले राष्ट्रिय सम्पदाको सूचिमा यो स्थान पनि सुचिकृत हुन लायक छ । 

ऐतिहासिक भवनहरु, पुरातात्विक महत्वका धरोहरहरु, गगनचुम्बी र आर्कषक महलहरु, बिभिन्न समुदायका मौलिक संस्कृतिहरु, मठ, मन्दिर, गुम्बा, जस्ता कुराहरु सास्कृतिक पर्यटनको आधार हो । नेपाल भने बाह्य र आन्तरिक पर्यटनका लागि यी दुबै कुराले वैभवशाली र सम्पन्न छ । नेवारी लगायतका जीवन्त संस्कृतिको चर्चा दामन–पालुङ्ग क्षेत्रमा सधै हुने गरेको छ । 

दामन पर्यटनका दृष्टिकोणले आफैमा अत्यन्तै अनुकुल स्थान हो । राजमार्गले भेट्ने स्थानमा नै हिऊँ पर्नु अनि एकै स्थानबाट विश्वका ८ उच्च हिम श्रृखला दृष्य गोचर हुनु आफैमा प्रकृतिको अनुपम उपहार हो । त्यही भएर नै भ्यूटाउको अबधारणा र निर्माण सम्पन्न भएको हो ।आधुनिक राज्यका लागि पर्यटन बिदेशी मुद्रा आर्जन गर्ने भरपर्दो माध्यम हो । पर्यटन प्रबद्र्धनका मुलभुत रुपमा दुइवटा आधारहरु हुन्छन् । 

एउटा प्राकृतिक आधार र दोश्रो कृतिम । प्रकृतिले दिएको हिमाल, पहाड, झरना, खोलानाला, ताल, तलैया, वनजंगल, उपत्यका, बन्यजन्तु, पशुपक्षी अनि सास्कृतिक रुपमा मठ मन्दीर र धार्मिक महत्वका कुराहरु  ती कुराहरुले मानिसको मन खिच्न सक्छ र पर्यटकलाई गन्तब्यसम्म डो¥याएर लिएर आउछ । 

गतिशील संसारको ब्यस्त जिन्दगीबाट केहि समय आजत पंक्षिका रुपमा रमाउन मानिसहरु यस्ता गन्तब्यमा रमण गर्ने गर्दछन् । त्यसको लागि सबै पक्ष लाग्नु आबश्यक छ । नेपालमा बार्षिक ७ लाख बिदेशी पर्यटक आउने गरेका छन् । जसमध्ये सातै लाखले काठमाण्डौ, ४ लाखले पोखरा र २ लाखले चितवन भ्रमण गर्न भ्याउछन् । काठमाण्डौका सास्कृतिक वैभवमा ब्रेकफास्ट गरेर पोखराबाट ताल र हिमालको दर्शन गर्दे लञ्च खान र चितवनबाट वाइल्ड लाइफको एड्भेन्चर लुट्दै डिनर गर्न सम्भवत संसारमा त्यस्तो ठाउँ नहोला । एकै दिनमा संस्कृति, प्रकृति र जनवारको त्रिवेणीमा रमाउन सक्ने क्षेत्रका बासिन्दा हुनु हाम्रो लागि धन्यको कुरा हो ।

नेपाल भित्रिने त्यति ठुलो संख्याका पर्यटकलाई दामनमा पनि सानो अंशमा आर्क्षित गर्न सके कति राम्रो हुन्थ्यो ! रुपचन्द्रकै पहल कदमीले शिक्षाको बिकासको रुपमा ठडिएको धरोहर जनकल्याण माबि उच्चमाबिमा बढोत्तरी भएको छ । यो सुखद क्षण हो । यद्यपि २०२५ सालमा स्थापित माबि ४५ बर्षको अबधिमा त्योभन्दा उच्च हुनुपथ्र्यो । घरकै खाना खाएर गाउँमै उच्च शिक्षा अध्ययन गर्न पाउने बाताबरण बन्नुलाई कम आँक्न मिल्दैन । 

यसो भन्दैमा जनकल्याण उच्चमाबिमा मात्रै सीमित रहोस भन्ने चाहना पनि होईन । स्नातकोत्तरसम्मको कक्षा सञ्चालन हुने गरी त्यसको पहलकदमी थाल्न ढिलो भईसकेको छ । यसको साथसाथै गुणस्तरलाई संगसंगै डो¥याउन चनाखो हुनु पर्दछ । 

भौतिक सम्पदाकै प्रसङ्ग कोट्याउने क्रममा बिकासको अर्को नमूना बिकास घरलाई पनि कसरी भुल्न सकिन्छ ? जहाँ अहिले नगर पालिकाको कामकाज, हुलाक, कृषि केन्द्र लगायतका सरकारी कार्यालय र बेला मौकामा हुने औपचारिक अनौपचारिक कार्यक्रम गर्ने स्थलको  खाँचो टारेकै छ । 

कार्यक्रम गर्न बिकास घरमा पस्दा बर्तमान समयमा समेत सान्र्द्र्भिक हुने रुपचन्द्र बिष्टका भनाईहरुतिर सबैको नजर मोडिएकै छ । मोडिएको मात्रै होईन, केहिसमय अडिएको छ । एक पटक बाणी अध्ययन गर्ने बातावरण बन्नुले युबामा जोश जाँगर मौलाउन मलजल गरेकै छ । 

शिक्षा, सामाजिक लगायतका बिषयहरुलाई यहाँ शब्दमा कैद गर्न असम्भब छ । यावत सम्पदा दिने महान ब्यक्तिलाई हामीले केहि दिन त सकेका छैनौं । सम्पदाको सही संरक्षण र सम्बद्र्धनमा समेत चुकेका पो छौं कि यसतर्फ पनि दृष्टि गोचर गर्नु आबश्यक छ । 

रुपचन्द्र बिष्टलाई सम्झने उपायको खोजीको क्रममा उनको देहबसान भएको साल सालिक बनाउने बिषय उठाईएयो । त्यसले मूर्तता पनि पायो । तर फिरन्ता स्वभाबको रुपचन्द्र बिष्टको पूर्ण कैदको सालिकलाई सानो घेरामा कैद गरिदिंदा जो कोहीको मन चसक्क हुने गरेको छ । 

कुनै फराकिलो ठाउँको खोजी गरेर सालिकसहितको स्मारक पार्क नै निर्माण गर्न सकेको भए  दैनिक सयौं हेटौडास्थित सहिद स्मारक भएर बनभोज, भ्रमण लगायतको प्रयोजन पूरा गर्ने बाताबरणको निर्माण जरुर हुन्थ्यो । 


जे होस रुपचन्द्र बिष्टलाई भाबी पुस्तालाई चिनाउने जमर्को स्वरुप सालिक निर्माण भएको छ । भाबी पुस्ताले रुपचन्द्र बिष्टलाई चिन्ने प्रयास गरे भने उनीहरुले रुपचन्द्र बिष्टको सम्झनामा सुबिधा सम्पन्न  रमणीय र स्तरीय स्मारक पार्क बनाउन सक्नेछन । 

राम्रो कुराको पुस्तान्तरण हुने परिपाटी यही पुस्ताले निर्माण गर्ने हो । बिष रोपेर अमृतको कामना गर्नु भन्दा अमृतै रोप्नु कल्याण । १९९० पुस २६ गतेबाट शुरु भएर २०५६ असार ७ गते अन्त्य भएको रुपचन्द्र बिष्टको जीबनरुपी यात्रा समाप्त भए पनि मानसिक यात्रा युगौं युगौं चलिरहोस, निरन्तर .................. ।

पक्ष लिएकै छ । अझ यसलाई त परालको त्यान्द्रोसंग तुलना गरे पनि हुन्छ । जता हावा आउँछ, उतै ढल्कन्छ । कसरी निष्पक्ष बन्नु ?

 (बैकुण्ठ ढकालको नीजि संगालो पालुङ दर्पणबाट )

0 comments

Write Down Your Responses