Powered by Blogger.
काँग्रेस नगर सभापतिमा योगेन्द्रमान


पालुङ, १६ माघ । थाहा नगरपालिका नेपाली काँग्रेस नगर सभापतिमा योगेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन्  । 
शनिवार भएको मतदानमा श्रेष्ठ १ सय १ मत प्राप्त गरि विजय भएका हुन् । श्रेष्ठका निकटतम प्रतिस्पर्धी प्रमोदकृष्ण जोसीले  ४ मत कम अर्थात ९७ मत प्राप्त गरेका छन् । 

सभापतिका अर्का  उम्मेद्वार गणेश लामाले १३ मत प्राप्त गरेका थिए । काँग्रेसको आगामी १३ औं महाधिवेशनलाई लक्षित गर्दै नेपाली काँग्रेसको थाहा नगरपालिकाकामा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेसनबाट थाहा नगरपालिकाका सभापति बाहेक कार्यसमितिमा सचिव सहित सदस्य निर्विरोध निवाचित घोषणा गरिएको थियो । 

नगर सचिवमा श्याम तामाङ, कोषध्यक्षमा नवराज कार्की, सदस्यामा पशुपती थिङ, निरन्जन थापा, नवराज लामा, सुमन सुवेदी, भरत गोपाली, गोकर्णबहादुर लामिछाने, अमृत तामाङ र धु्रवबहादुर भट्ट चयन भएका छन् । 

कुल २ सय २१ मत खसेकोमा १० मत बदर  भएको थियो ।




0 comments

Write Down Your Responses