Powered by Blogger.
योजना प्राथमिकीकरण गर्न इलाका गोष्ठी, खबरको अभावमा अधिकांश कुर्सी खाली


पालुङ, १७ माघ । जिल्ला परिषद्को तयारीका लागि योजना छनौट गर्न थाहा नगरपालिकमा इलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । 

जिल्ला विकास समिति मकवानपुरको संयोजनमा भएको १० नम्मर इलाका स्तरीय गोष्ठीमा थाहा नगरपालिका र टिष्टुङ गाविसका विषयगत कार्यालय प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि तथा स्थानीयबासीको न्युन मात्र सहभागिता थियो । 

सो गोष्ठीमा थाहा नगरपालिका अन्तर्गत  साविक दामन, पालुङ र बज्रवाराही गाविस र टिष्टुङ गाविसको योजना छनौट तथा प्राथमिकीकरण गरिएको छ । थाहा नगरको तर्फबाट इन्जिनियर सन्तोष बोहरा र टिष्टुङ गाविसको तर्फबाट गाविस सचिव राजेन्द्रप्रसाद चौलागाइले आगामी दिनमा जिल्ला तथा केन्द्रमा पेश गर्ने योजनाहरु प्रस्तुत गरेका थिए ।

मकवाननपुरको थाहा नगरपालिका लगायत सबै इलाकाको योजना तर्जुमा सम्पन्न भई सकेको छ । इलाकाबाट प्राथमिकीकरण गरिएको योजनाहरु अब जिल्ला स्तरीय योजना तर्जुमा समितिमा पेश गरि परिषद्बाट योजनाहरुलाई पारित गरिने राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्टले जानकारी दिए । 

यस क्षेत्रका किसानअरु अहिले कामको चटारेमा परेका छन् । आलु रोप्ने व्यस्तता र इलाका गोष्ठिबारे सम्वीनधत निकायले सार्वजनिक सुचना सम्प्रेषणमा ध्यान नपु¥याएकोले सो गोष्ठी कर्मकाण्डी मात्र भएको स्थानीय राजनीतिक दलका प्रतिनिधीहरुले बताए । 



0 comments

Write Down Your Responses