Powered by Blogger.
उत्तरी मकवानपुरमा राती १० बजेपछि पसल खोल्न निषेध


पालुङ, १० माघ । ‘आफ्नो गाउँ आफै बनाऔँ, हातमा हात मिलाई प्रहरीसँग समन्वयन गरौँ’ भन्ने नाराका साथ लागू औषध नियन्त्रण अभियान मकवानपुरको उत्तरी भेगमा पनि सञ्चालन गरिएको छ । 

मकवानपुरको थाहा नगरपालिका लगायत आग्रा, गोगने, नामटार, टिस्टुङ, चित्लाङ, मार्खु, फाखेल गाविसमा यो अभियान सन्चालन गर्ने जनाइएको छ । सो अभियान अन्तर्गत राती १० वजे पछि पसल नखोल्ने, मादक पदार्थ बेचविखन ओसार पोसार तथा सेवन नगर्ने, नगराउने, जुवा तास नखेल्ने, नखेलाउने र सडकको आसपासमा सामानहरु राखी सडक अवरुद्ध नगर्न नगराउन सामुदमयिक प्रहरी सेवा केन्द्र पालुङले अनुरोध गरेको छ ।

पहिलो चरणमा यस अभियानबारे सबैलाई जानकारी गराउने र जानकारी गराए पछि अटेर गरेको खण्डमा कानुनी कारवाही गर्ने जनाइएको छ । सो अभियान सफल बनाउनको लागि इलाका प्रहरी कार्यलय पालुङको आयोजनामा ३ दिने लागु औषधी नियन्त्रण सम्बन्धी कार्यक्रम समेत थाहा नगर पालिकामा संचालन गरेको  छ ।

थाहा नगरपालिका लगायत आसपासका विद्यालयमा सो अभियान सञ्चालन गरिने इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पनेरुले जानकारी दिए । ३ दिनसम्म जनकल्याण उच्च माविका विद्यार्थीहरुलाई लागुऔषध भनेको के हो ? यसको बेफाइदा, नियत्रण गर्नको लागि विद्यार्थी तथा शिक्षकहरुको भूमिका लगायत विषयमा जानकारी दिइएको थियो ।

सामाुदायिक प्रहरी सेवा केन्द्र पालुङ, इलाका प्रहरी कार्यलय पालुङ र थाहा नगरपालिकाकाको संयूक्त पहलमा अभियान सञ्चालन गरिएको  हो ।

0 comments

Write Down Your Responses