Powered by Blogger.
चित्रकलामा बिबेक प्रथम


हेटौंडा, १७ माघ ।  श्री  जनप्रिय उच्च मावि दिव्य सेवा बाल क्लबको आयोजनामा ‘बिद्यालय र वातावरण’ बिषयक निमाबि स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । 

२६ जना विद्यार्थीहरु सहभागी भएकामा बिबेक श्रेष्ठ  प्रथम  ,बिष्णुप्रसाद सापकोटा द्वितीय, दिपिका तिमल्सिना   तृतीय र सलिना श्रेष्ठ सान्त्वना भएका छन् ।

प्रतियोगितामा निर्णायक तथा सहजिकरणको भुमिका शिक्षकहरु बिदुर सापकोटा ,केपि अधिकारी, उमा श्रेष्ठ र युक्तलाल बिश्वकर्माले  गरेका थिए । नतिजा घोषणा कार्यक्रम दिव्य सेवा निकेतनका अध्यक्ष टिआर निरौलाको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो  । 

बाल क्लबका उपाध्यक्ष सबिन ढकालको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा शिक्षा समितिका संयोजक यादब गजुरेल, बाल क्लबका सचिब रमिता ढकाल लगायतकाले  बाल बालिकाका अधिकार सम्बन्धि धारणा राखेका थिए । 





0 comments

Write Down Your Responses