Powered by Blogger.
४ नम्मरमा राष्ट्रपति रनिङशिल्ड छनौट सकियो


पालुङ, १७ माघ । मकवानपुर जिल्लाको छैठौं राष्ट्रपति रनिङशिल्ड विद्यालय खेलकुद अन्तर्गत ४ नम्मर निर्वाचन क्षेत्रीय छनौट सकिएको छ । 

११ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा सुन्दरी मावि आग्रा, सुर्य मावि सरिखेत र राष्ट्रिय मावि सुनाचुरी छात्रा भविलवलमा छनौट भएका छन् । यस्तै छात्र भलिवलमा सुन्दरी देवी, राष्ट्रिय मावि सुनाचुरी र रोटरी उच्च मावि मनहरीको टीम छनौट भएका जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनुभएको छ ।

यसै गरि कबड्डीको छात्र÷छात्रामा भोजसिद्ध मावि हाँडीखोला, राष्ट्रिय रोटरी उच्च मावि मनहरी र पशुपतिनाथ मावि हाँडीखोला छनौट भएका निर्णायक विमल थापा मगरले जानकारी दिएका छन् । छनौटमा भोजसिद्ध मावि हाँडीखोलाले २२ स्थान जित्न सफल भएको छ भने राष्ट्रिय मावि सुनाचुरीले २० स्थानमा जित हासिल गरी खेलाडी छनौट गर्न सफल भएका छन् । 

यस्तै पशुपतिनाथ मावि हाँडीखोलाले १३ स्थान र सुन्दरीदेवी मावि आग्राले ९ स्थान जित्न सफल भएको खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिनुभएको छ । 

 यता सूर्योदय मावि सरिखेतले ८ स्थान सुरक्षित गर्दा महेन्द्रकिरण उच्च मावि, कालिका उच्च मावि नामटार, र वालजीवन ज्योती मावि हाँडीखोलाले ३÷३ स्थान सुरक्षित गरेका छन् ।हाँडीखोलाको सिता माविले १ स्थानमा जित्दा राष्ट्रिय मावि काँकडाले कुनै पनि स्थानमा जित हासिल गर्न नसकेको समितिले जनाएको छ सकेन । 



0 comments

Write Down Your Responses