Powered by Blogger.
क्रान्तिकारी पत्रकारको ३ नम्मर प्रदेश संयोजकमा सुनिल, सबै जिल्लामा बैठक, भेला र सम्मेलन गर्ने निर्णय


हेटौंडा, १७ माघ । क्रान्तिकारी पत्रकार संघ नेपालको ३ प्रदेशको प्रादेशिक भेला आइतबार काठमाडौमा सम्पन्न भएको छ । 

उपत्यकाक तीन जिल्ला काठमाडौ, ललितपुर र भक्तपुर सहित १३ जिल्ला रहेको ३ नम्बर प्रदेशको  भेलाले क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य एवम् ताम्सालिङ राज्य समितीका सह संयोजक समेत रहेका सुनिल खड्कालाई सर्वसम्मत संयोजकमा निर्वाचित गरेको छ ।

बिगत ११ बर्ष देखि पत्रकारितामा कृयाशिल खड्का मकवानपुरमा रहेको रेडियो निकास ९३।४ मेघाहर्ज को अध्यक्ष तथा निकास साप्ताहिक को प्रकाशक समेत हुनुहुन्छ ।खड्का नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद, नेपाल चाइना मिडिया फोरम मकवानपुरका अध्यक्ष, छापा माध्यम राष्ट्रिय संजालका सचिब लगायत आधा दर्जन भन्दा बढी संचार सस्थामा आवद्ध हुनुहुन्छ ।

२०६५ सालदेखि क्रान्तिकारी पत्रकार संघको केन्द्रीय सदस्य रहनु भएका खड्का ताम्सालिङ राज्य समिति सह संयोजक समेत हुनुहुन्थ्यो । नयाँ संविधानबाट देश प्रादेशिक संरचनामा गएपछि क्रान्तिकारी पत्रकार संघले पहिले पटक प्रादेशिक संरचना बनाएको हो ।  संघको बिधानमा प्रदेश संयोजक बिधानत पदेन केन्द्रीय सदस्य हुने ब्यबस्था रहेको छ । 

खड्काको संयोजकत्वमा ३१ सदस्यीय ३ नम्बर प्रदेशको प्रादेशिक समिति बनेको हो । जसमा सह संयोजक रामेछापका सुमित श्रेष्ठ र ललितपुरका ज्ञानप्रसाद पौडेल रहनु भएको छ । ३ नम्मर प्रदेशको समितिमा क्रान्तिकारी पत्रकार संघ मकवानपुरकी सम्मेलन तयारी समिति संयोजक नानिमैया बिष्ट पनि सदस्य रहनु भएको छ ।

३ नम्बर प्रदेशको प्रादेशिक भेलाको उद्घघाटन कृषि मन्त्री एवम् एकीकृत नेकपा माओवादीका केन्द्रिय कोषाध्यक्ष हरिबोल गजुरेलले गर्नुभएको थियो । भेला उद्घघाटन कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य केसब नेपाल, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैबीच क्रान्तिकारी पत्रकार संघ ३ नम्बर प्रदेशको पहिलो बैठक  सम्पन्न भएको छ । बैठक ले ३ नम्बर प्रदेश अन्तर्गतका सबै जिल्लामा बैठक, भेला र सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले मकवानपुर २३ गते, धादिङ २४ गते, नुवाकोट २५ गते र रसुवा २६ गते सम्मेलन र भेला गर्ने निर्णय गरेको छ ।

 काठमाडौ, ललितपुर र भक्तपुर सहितका अन्य जिल्लामा पनि माघ मसान्त भित्र बैठक, भेला र सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको ३ नम्बर प्रदेश संयोजक सुनिल खड्काले जानकारी दिनुभयो ।



0 comments

Write Down Your Responses