Powered by Blogger.
हेटौंडा–११ सरस्वती क्लवसंग भिड्दै


हेटौंडा, १८ माघ । हेटौंडामा हुने अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताका लागि तयारीमा रहेको आयोजक हेटौंडा–११ ले मंगलबार ‘ए’ डिभिजन क्लब सरस्वती क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

इलाममा जारी माईभ्याली गोल्डकप खेलेर फर्केको काठमाडौं कोटेश्वरको  देशकै चर्चित ‘ए’ डिभिजन टोलीले हेटौंडाका खेलाडीहरुसँग अनुभव बाँड्ने भएका छन् । 

हेटौंडा–५ स्थित क्याम्पाडाँडाको खेल मैदान दिउँसो ३ बजे खेल हुने मैत्रीपूर्ण फुटबलका लागि हेटौंडाले पनि प्रारम्भिक २० जना खेलाडीको छनौट गरिसकेको छ । सहायक प्रशिक्षक सुविन घिमिरेको अनुसार सरस्वती क्लब चर्चित स्ट्राइकर राजकुमार घिसिङको कप्तानीमा विदेशी खेलाडीसहित मैदानमा उत्रनेछ । 

उनीहरुलाई प्रथम कलर्स अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७२ को आयोजक  समुन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले हेटौंडामा स्वागत गर्नेछ ।

0 comments

Write Down Your Responses