Powered by Blogger.
एसियन लाइफ इन्स्योरेन्सको अभिमुखीकरण सम्पन्न


पालुङ, ९ माघ । एसियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड उपशाखा पालुङको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

शनिबार भएको तालिममा उत्तरी भेगका एसियन लाइफ इन्स्योरेन्स कम्पनिका अभिकर्ताहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । थाहा नगरको सुनगाभा होटेलमा भएको कार्यक्रममा शाखा कार्यलय हेटौडाका व्यवस्थापक सन्जय रेग्मी र पालुङ उप शाखाका प्रमुख सुरेन्द्र तामाङले सहजीकरण गर्नु भएको थियो ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी बीमा ऐन २०४९ अन्तर्गत बीमा समितिबाट २०६४ फागुन १५ गते बीमकको रुपमा इजाजत पत्र प्राप्त गरी २०६४ चैत्र २१ गतेदेखि संचालनमा आएको हो ।  कम्पनिले बैशाख १२ को महाभूकम्पले ज्यान गुमाएका ३६ जनालाई तत्कालै र अरु बाँकीहरुलाई केहि दिनमा मृत्यु दावी भुक्तानी वितरण गरिएको सुरेन्द्र तामाङले बताउनु भयो । 

सोही क्रममा जीवन विमा कोषमा ७ अर्ब विमितहरुलाई बोनस दिने तयारी गरेकोहेटौडाका व्यवस्थापक सन्जय रेग्मीले  बताए ।कम्पनीको परिचय, जीवन विमाको प्रकार र विमाको फाइदा लगायतको बारेमा सहभागिहरुलाई सिकाइएको थियो ।

सो अभिमुखिकरण कार्यक्रममा यस अघि सम्पन्न भएको अभिकर्ता तालिममा सहभागि भएका अभिकर्ताहरुलाई प्रमाण प्रत्र समेत वितरण गरिएको थियो ।



0 comments

Write Down Your Responses