सिडीओको सम्मान रोक्न दलको हुटिङ,सांसद बिडारीले पारे माहोल साम्य

हेटौंडा, ९ माघ । ग्यास र इन्धनको कालोबजारीमा नियन्त्रण गर्न नसकेको भन्दै राजनीतिक दलका नेताहरुले आरोप लगाइरहेका बेला मकवानपुरका सिडिओ रामप्रसाद थपलियालाई मकवानपुर उद्योग वाणिज्य संघको ४९ औँ साधारणसभा गर्न लागिएको सम्मान रोकिएको छ ।
सिडिओ थपलियालाई मकवानपुर उद्योग वाणिज्य संघले गर्न लागेको सम्मान केहि राजनीतिक दलहरुले बहिस्कार गर्ने घोषण पहिले नै गरेकै थिए । त्यमाथि कार्यक्रम स्थलमै विवादित सिडियोलाई सम्मान गर्न नहुने भन्र्दै हुटिङ गरे पछि रोकिएको हो ।
हेटौँडामा रहेको सहारा ग्यासले उपभोक्ता ठग्दा सिडिओ थपलियाले नै संरक्षण गरेको भन्दै उद्योगी, व्यापारी, नागरिक समाज, राजनीतिक दलले बहिस्कार गरेका बेला मकवानपुर उद्योग वाणिज्य संघले सम्मान गरेर चाकरी बजाउन लागेको भन्दै विरोध भएको थियो ।
यसरी भएको नारावाजी भए पछि प्रमुख अतिथीका रुपमा ४९ किलोको माला लगाएर बसेका प्रचण्ड पनि केही बेर कालोनिलो भए । पल्पसा सभाहलमा अध्यक्ष राजकुमार न्यौपानेले सम्मान गर्न लाग्दा हुटिङ भए पछि अध्यक्ष न्यौपानेले ‘शान्त बसिदिनु होस, म सम्मान गर्दिनँ’ भनेर प्रतिवद्धता जनाएका थिए ।

साथै विशेष अतिथिको रुपमा आउनुभएका सांसद रामनारायण बिडारीले पनि सम्मान स्थगित हुन्छ बस्नुस् भने पछि माहोल साम्य भएको थियो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि विदेशी शक्तिसँग नझुकी पहिलो पटक नेपालमा संविधान घोषणा भएकाले नाकाबन्दी लगायतका चुनौती सामना गर्नुपरेको बताउनुभएको छ ।

अन्य देशको झै झनै जटिल अवस्थाबाट गुज्रिएर आएको भन्दै उहाँले अब सुन्दर नेपाल निर्माणको अभियान सुरु हुने बताउनुभयो । साथै उहाँले नाकाबन्दी खुलाउन देशलाई घात हुने कुनै सम्झौता हुन नदिने बताउनुभयो ।
साथै उहाँले अब केही दिनमा नै नाकाबन्दी खुल्ने बताउनुभयो । संविधान संंसोधन पारित गरेसँगै मधेश केन्द्रीत दलको आन्दोलन पनि रोकिने उनको विश्वास छ ।
![]() |
विवादास्पद सिडीओ रामप्रसाद थपलिया, तस्बिरः फाइल फोटो |
0 comments
Write Down Your Responses