Powered by Blogger.
चोरेर बिक्रीका लागि ल्याइएका सुन चाँदीका पुराना सामान बरामद




काठमाडौं, ९ माघ । उपत्यकाका विभिन्न स्थानवाट सुनचाँदी, नगद, मोवाइल, ल्यापटप, गरगहना लगायतका सामान चोरी गर्ने गिरोह पत्ता लागेको छ ।

 प्रहरीले विभिन्न सुन तथा चाँदीका सामान बेच्न ल्याउने गिरोह पत्ता लगाएको हो । विभिन्न सामान ल्याई लुकाएको अवस्थामा काठमाडौं महानगरपालिका–९ सिनामंगल सुकुम्बासीटोलस्थित पचासवस्ती समेतबाट महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले विभिन्न सामानहरु बिहिबार बरामद गरेको छ ।

बरामद भएका सामानहरुमा चाँदीको पुजाको थाली १ थान, चाँदीको करुवा १ थान, चाँदीको टिका थाली १ थान, चाँदीको सानो थाली १ थान, चाँदीको जालीवाला वट्टा २ थान, चाँदीको सिन्दुर वट्टा ३ थान, चाँदीको गणेश मुर्ति १ थान, चाँदीको लक्ष्मी मुर्ती १ थान, चाँदीजस्तो टप १ जोर, सुनकोजस्तो लाहा भरिएको चुरा ४ थान, सादा सुनको सानो चुरा २ थान, सादा सुनको ठुला चुरा २ थान, सुनको मयुर टप २ जोर, सुनको झुम्का १ जोर, लकेटसहितको सुनको सिक्री १ थान, सुनको जुली टप १ जोर, पञ्चरत्न औठी १ थान, रातो गुलाबी टप १ थान, यू भएको औठी १ थान, सुनको सिक्री नेकलेस १ थान, सुनको गोलो टप १ थान, सुनको यू भएको टप १ थान, मोती टप १ थान, सुन राख्ने बट्टा १ थान, कार्बन मोवाइल १ थान, लाहासहितको सुनको हसुली १ थान, सुनको नेकलेक १ थान, सुनको पथ्थरजडित नेकलेस १ थान, पोतेमालासहितको सुनको हार १ थान, नक्कली पथ्थरजडित टप २ थान, सुनकोजस्तो देखिने नक्कली चुरा ७ थान, चाँदी पाउँजु ८ थान, चाँदीको पथ्थरजडित पाउँजु १ जोर, नक्कली सि माला १ थान, चाँदीजस्तो देखिने पुजाको थाली १ थान, चाँदीजस्तो देखिने कलश १ थान, चाँदीजस्तो देखिने अंखोरा १ थान, नगद २ लाख २९ हजार ५ सय ५० भारतीय रुपैयाँ र नगद १ लाख ४० हजार नेपाली रुपैयाँ रहेको छ ।

बरामद भएका अन्य सामानहरुमा पहेलो रंगको करुवा १ थान, डिटोल हेण्डवास प्लष्टिकको वोतलमा रहेको ४ थान, डिटोल हेण्डवास प्लाष्टिकको प्याक ५ थान, लिक्युट ४ थान, व्हिल सरफ ६ पोका, डिटोल हेण्डवास प्लष्टिकको वोतलमा रहेको ४ थान, डिटोल हेण्डवास प्लष्टिकको प्याक ५ थान, क्लिनिकप्लस स्याम्पु प्लास्टिक प्याक ७५ थान, सामसुङ क्यामेरा १ थान, पुरानो सिक्काहरु, पेनड्राईभ पुरानो ५ थान, कार्डरिडर १ थान, तामाकोजस्तो भाँडो १ थान, घडी २ थान, सुनजस्तो देखिने सिक्री १ थान र तामाका विभिन्न सिक्काहरु रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी सर्बेन्द्र खनाल


0 comments

Write Down Your Responses