Powered by Blogger.
प्रेमगीतको शीर्षगीत प्रतियोगिता प्रचारका लागि टोली हेटौंडामा


हेटौंडा, ३ माघ । माघ २९ गते देशब्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र प्रेमगीतको शीर्ष गीत प्रतियोगिताको प्रचार प्रसारको लागि चलचित्रको एक टोली हेटौंडा आएको छ । 

टोलीले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र प्रेमगीतको शीर्ष गीत प्रतियोगिताको बिषयमा जानकारी गराएको छ । संगीतकार अर्जुन पोखरेलको संगित तथा सुगम पोखरेल र अञ्जु पन्तले गाएको ‘म यस्तो गीत गाउँछु जुन प्रेमगीत बनोस्’ भन्ने शिर्ष गीत गाएर भिडियो सहित पठाउनु पर्ने प्रचार प्रसार संयोजक सुसान्त कडायतले जानकरी दिनु भयो ।


आफुले गाएको भिडियो आसुसेन फिल्मको वेवसाईट www.aasusenfilm.com\contest
माघ ८ गतेभित्र पठाइएको भिडियोहरु माघ १५ गते आशुसेन फिल्मले सार्बजानिक गर्ने मिडिया संयोजक सुरेश आचार्यले जानकारी दिनु भयो । 

अपलोड भएका भिडियोहरुबाट संगीतकार अर्जुन पोखरेल, गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको उपस्थितिमा १० जना उत्कृष्ट प्रतियोगी पछि बिजेता छनोट गरीने पनि आचार्यले बताउनु भयो । बिजेताले नगद एक लाख सहित संगितकार अर्जुन पोखरेलको नयाँ चलचित्रमा गीत गाउने अबसर प्रदान गरीने पनि चलचित्र युनिटले जनाएको छ । 

माघ २९ गतेबाट रीलिज गर्न लागिएको चलचित्रमा नायिका पुजा शर्मा, नवनायक प्रदिप खड्का, सरोज खनाल, रुपा राना लगायतले अभिनय गरेका छन् । सन्तोष सेनको लगानी रहेका चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । 

कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरको उपाध्यक्ष प्रकाश दाहालको सभाध्यक्षमा भएको थियो भने कार्यक्रमको सञ्चालन सचिब श्रीराम अर्जुनले गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses