Powered by Blogger.
राजधानीमा बंगलादेश एक्स्पो २०१६ सुरु


काठमाडौं, ७ माघ  । नेपाल र बंगलादेशबीचको व्यापार बिस्तार गर्ने लक्ष्यका साथ राजधानीमा बंगलादेश एक्स्पो २०१६ सुरु भएको छ । 

बिहीबार एक कार्यक्रमका बीच श्रम तथा रोजगार मन्त्री दिपक बोहराले एक्स्पोको उद्घाटन गर्नु भयो । उद्घाटन समारोहमा नेपालका लागि बंलादेशका राजदुत मसफि बिन्ते साम्सको पनि उपस्थिती थियो । 

गत बैशाखमा गएको विनासकारी भुकम्पका कारण मुलुकको अर्थतन्त्रवर्ष भरी नै समस्याग्रस्त अवस्थाबाट गुज्रियो । त्यसमा पनि संविधानजारी गर्ने क्रममा जारी राजनितिक विवादका कारण दैनिक उपभोग्य वस्तु तथा सेवाको प्रभावकारी रुपमा बिक्रि बितरण हुन नपाउँदा समग्र नेपाली प्रभावित हुन पुगे ।

यो विषम परिस्थितीबाट गुज्रने क्रममा नेपाल सरकारले व्यापार बिस्तारका लागि उपयुक्त माध्यमहरुको पहिचान गरि त्यसलाई अघि सार्ने योजना बनाएको छ । यहिपृष्ठभुमीमा नेपालका लागि बंगलादेशी राजदुतावासले बंगलादेश एक्सपो २०१६ को आयोजना गरेको हो । 

सिन्थेसिस एक्जिवसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा काठमाण्डौंको भृकुटिमण्डपस्थित प्रदर्शनीकक्षमा सुरु भएको एक्स्पोमा बंगलादेशका व्यवशायीहरुको बाक्लो उपस्थिती रहेको छ । उनीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्रिबितरणका साथै उत्पादनका सम्बन्धमा अवलोकनकर्तालाई जानकारी गराउने छन् । 

विभिन्न विधाका उत्पादनहरु निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, जुट तथा जुटजन्य उत्पादन, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्यउत्पादन, सौन्दर्य सामग्री, जुत्ताचप्पल, विद्युतीय सामग्रीएक्सपोको आकर्षणका रुपमा रहेका छन् । 

त्यसै गरि हस्तकलाकाउत्पादन, कृषिजन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताको आकर्षण बन्ने छ । 

एक्स्पोमा नेपालका तर्फबाट पनि व्यवशायीहरुले बंगलादेशमा आयातगर्न चाहनेहरु लाई लक्षित गर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि बितरण गर्दै छन् । एक्स्पोले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बंगलादेशसम्म पुर्याउन र नेपाली उत्पादनको निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ । यसकाअलावा पछिल्लो समय विकास भएकाप्रविधिको नेपाल र बंगलादेशबिच साटा साट गर्न पनि एक्स्पोले महत्वपुर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । 

त्यसै गरि उर्जा अभावको चरम समस्या देखिइ रहेका बेला सम्भावित क्षेत्रमा उर्जा विकासका लागि लगानीको स्रोत जुटाउँदै दिगो उर्जा विकासका साथै पर्यटन क्षेत्रको विकासमा पनि एक्स्पोले टेवापुर्याउने अपेक्षा गरिएको छ । 

एक्स्पोसंगै दुताबासले समानान्तर रुपमा नेपालबंगलादेश बिजनेश फोरमको पनि आयोजना गर्दैछ । 
माघ २२ र २३ गते दरबारमार्गस्थित अन्नपुर्ण होटलमा आयोजना हुने उक्त गोष्ठी नेपाल बंगलादेशको व्यापारिक सम्बन्ध ः समुद्रदेखि हिमालसम्म व्यापारिक आबद्धता, बिस्तार तथा लगानी भन्ने नाराका साथआयोजना हुन लागेको हो । 

गोष्ठीमा दुई देशका सरकारका उच्च पदाधिकारी, नीजि क्षेत्र, व्यवशायिक संघ संगठनका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहने छ । गोष्ठीले दुई देश बीचको व्यवशाय बिस्तारमा महत्वपुर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । 

यसका अलावा नेपाल र बंगलादेशको द्धिदेशिय सम्बन्ध बिस्तारका बहुआयामिक पक्षहरुलाई समेत गोष्ठीले उजागर गर्नेछ ।बंगलादेशएक्स्पो तथा नेपालबंगलादेश बिजनेश फोरमको सफलताले एक्सपो मात्र आयोजना हुने नभई नेपाल बंगलादेश बीचको सम्बन्ध बिस्तार, सहकार्य बिस्तार र आगामी दिनको व्यवशायिक मार्गनिर्देशन गर्ने अपेक्षा छ । 




0 comments

Write Down Your Responses