Powered by Blogger.
एसआईसिटी नेपालमा पौडेल


काठमाडौं, ७ माघ । सुचना र संचार प्रविधि समाज नेपाल एसआईसिटी नेपालले साधारण सभा सम्पन्न गरेको छ । 
कार्यक्रमको खुल्ला सत्रमा दिप प्रज्वलन र  राष्ट्रियगान पश्चात संस्थाका द्धितिय उपाध्यक्ष ज्वाला गौतमले स्वागत मन्तव्य राखेपछि संस्थाका प्रमुख सल्लाकर तथा मर्कन्टाइल कम्युनुकेसनका सिनियर विशेषज्ञ सुरज अधिकारीले आफू विभिन्न संस्थामा रहेर काम गर्दाको अनुभव  बताए ।

उनले अहिले नेपालमा सूचना र संचार प्रविधि क्षेत्रमा थुप्रै कामहरु हुन बाकी नै रहेको र सो कामहरु चरणवद्ध ढंगले गर्नुपर्ने बताए ।कार्यक्रमका बिशिष्ट अतिथि तथा मन्त्रालयहरुमा आईसिटि क्षेत्रका दक्षको रुपमा कार्यरत हरि पोखरेल उपस्थित थिए । उनले यस संस्थाले बिगतका दिनहरुमा गरेका कामहरुमा इन्नोभेशन देखिएको र अझ नयाँ रुपले जान सल्लाह दिए ।

संस्थाका अर्का वरिष्ठ सल्लाहकार तथा सुबिसु केवल नेटका भाइस प्रेसिडेन्ट बालकृष्ण अधिकारीले आइसिटि क्षेत्रमा खोज अनुसन्धान अति आवश्यक रहेको तथा आईसिटि उद्योग र शैक्षिक क्षेत्रमा गहिरो ग्याप रहेको र यसका लागि आगामी दिनमा यस संस्थाले रोल मोडेल देखाउन सक्नुपर्ने बताए । 

 महासचिव विशाल महतले संस्थाले छोटो समयमा योजनावद्ध ढंगले  आईसिटि क्षेत्रमा थुप्रै कार्यहरु गरेको उल्लेख  गर्दै प्रस्तुत गरेको महासचिवको  प्रतिवेदन र अध्यक्ष सुभाष खड्काद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन एक मतले पारित भएको थियो ।

बन्द सत्रले सर्बसम्मत रुपमा एघार सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको अध्यक्ष दामोदर पौडेल , प्रथम उपाध्यक्ष सुभासचन्द्र गौतम, द्धितिय उपाध्यक्ष ज्वाला गौतम, महासचिव सुभाष खड्का , सचिव बिशाल महत, कोषाध्यक्ष शारदा पोख्रेल, र सदस्यहरुमा रश्मि तिवारी , प्रमोद अर्याल, सन्तोष पाण्डे, राजेन्द्र पन्थी र नवराज शर्मा पौडेल रहेका छन् । 

कार्यसमिति चयन पश्चात बोल्दै अध्यक्ष दामोदर पौडेलले संस्थालाई ब्यवस्थित र क्रियाशिल बनाउदै लाने र उक्त  कार्यको लागि सबैको साथ, सहयोगको आवश्यक रहेको बताए । 


0 comments

Write Down Your Responses