Powered by Blogger.
थाहा कला केन्द्रले पायो वाद्ययन्त्र सहयोग


पालुङ, ८ माघ । ‘कला संस्कृति देशको पहिचान, यसको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नाराको साथ स्थापना भएको थाहा कला केन्द्रलाई एक थान गितार सहयोग प्राप्त भएको छ । 

केन्द्रले मकवानपुर जिल्ला स्तरीय एकल गायन प्रतियोगिता (मकवानपुर आइडल) आयोजना गरिरहेकोे अवस्थामा अझै उत्साह तथा हौसला प्रदान गर्ने उद्देश्यले गितार सहयोग गरिएको हो । वाद्ययन्त्र  गितार ‘बाईरोडको यात्रा’ गीतका लेखक तथा गायक विवेक पाख्रिनले सहयोग गरेका हुन् । 

पाख्रिनले थाहा कला केन्द्रले गर्दै आइरहेको आईडलमा शुरु देखि नै सहयोग गर्दै आएका छन् । थाहा नगरपालिका स्थायी घर भई हाल अध्ययनको शिलशिलामा हेटौँडामा बस्दै आउनु भएका पाख्रिनले ‘सानो सहयोगले मकवानपुर उत्तरी भेगका कलाकारलाई अझै उत्साह तथा हौसला मिल्ने भएकोले सहयोग गरेको’ बताए ।  उनले  आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताए ।

कला केन्द्रले निकै नै राम्रो काम गर्दै आएको र मकवानपुर जिल्लालाई कला चिनाउने प्रयास गरिरहेको प्रति खुसी प्रकट गर्दै मकवानपुर आइडल सम्पन्न गर्नको लागि सबै एक भईे सहयोग गर्न पनि उजले अनरुोध गरेका छन् । 

0 comments

Write Down Your Responses