फाखेलका किसानलाई बिउबिजन वितरण

फाखेल(मकवानपुर), ८ माघ । फाखेलका भूकम्प प्रभाविता किसानहरुलाई बिउबिजन तथा कृषि सामग्री प्रदान गरिएको छ । शुक्रबार फाखेलमा भएको कार्यक्रममा गाविसको वडा नम्मर १ र ४ का एकल महिला र अपांगहरुलाई प्राथमिकताको आधारमा बिउबिजन तथा कृषि सामग्री प्रदान गरिएको हो ।
५५ जना स्थानीय किसानहरुलाई स्थानीय विपत ब्यबस्थापन समितिका संयोजक एवम् गाविस सचिव राजकुमार सुवेदीको प्रमुख अतिथिमा विउविजन तथा अन्य आवश्यक सामाग्रीहरु वितरण गरिएको हो ।
गैर सरकारी संस्था सिसिडिएनको एक परियोजना अन्तर्गत संचालित कार्यक्रममा कृषि सेवा केन्द्रका कृषि प्राविधिक मधुसूदन आचार्यले तरकारी खेतीबारे अति आवश्यक आधारभूत सीप र ज्ञान सम्बन्धि अभिमुखिकरण पनि गर्नु भएको थियो ।
कार्यक्रममा सिसिडिएनकै जगत बजागाँईले संस्थागत तथा ब्यबहारिकरूपमा सचेतना गराउनु भएको थियोे । सिसिडिएन फाखेल प्रतिनिधी जीवन लामाद्वारा संचालित कार्यक्रम गाउँ कृषि समितिका सदस्य हरिकुमार लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।



0 comments
Write Down Your Responses