Powered by Blogger.
जनप्रियमा निमावि स्तरीय वत्तृत्वकला


हेटौंडा, ८ माघ । हेटौडाको जनप्रिय उच्च मावि हटियामा रहेको जनप्रिय बाल क्लबको आयोजनामा निमावि स्तरीय वत्तृत्वकला  प्रतियोगिता सम्पन्न भएको छ । 

‘बालमैत्री शिक्षा, आजको आवश्यकता’ विषयमा भएको प्रतियोगितामा ११ जना प्रतिष्पर्धीले सहभागिता जनाएका थिए । क्लबका अध्यक्ष समीर घिमिरेको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा सपना बिश्वकर्मा प्रथम, समर्पण दाहाल द्वितीय ,अबिनेश राई तृतीय र सबिन श्रेष्ठ सान्त्वना भएका छन् । 

कार्यक्रममा शिक्षक अरुण खतिवडा , पुरुषोत्तम सापकोटा र युक्तलाल बिश्वकर्माले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।  

कार्यक्रममा प्राचार्य धनिकलाल साह, शिक्षक कृष्णप्रसाद अधिकारी, क्लबका उपाध्यक्ष सुजन धिमाल, सचिब अनिता परियारले बालमैत्री शिक्षालाई ब्यवहारीक रुपले कार्यन्वयन गर्न शिक्षक विद्यार्थीको महत्वपूर्ण भुमिका हुने र यसको आबश्यकतालाई सबैले गम्भीर रूपमा लिनु पर्ने धारणा राखेका थिए । 



0 comments

Write Down Your Responses