रंगेली घटनाको सबै जिम्मा मोर्चाले लिनुपर्छः युवा संघ

काठमाडौं, ८ माघ । युवा संघ नेपालले मोरङ्ग रङगेलीमा भएको अकल्पनीय घटनाप्रति दुख र खेद व्यक्त गर्दै यसको जिम्मेवारी मधेशी दलले लिनु पर्ने कुरामा जोड दिएको छ ।
लोकतन्त्रमा शान्तीपुर्वक भेला ,अन्तक्रिया ,सभा सम्मेलन गर्ने पाउने जनताको नैसर्गिक अधिकार भन्दै संघका अध्यक्ष राजिव पहारीले यसलाई कसैले हनन् गर्न नपाउने बताए । युवा संघ नेपालले विगत एक महिना देखि मधेश संम्वाद तथा जागरण अभियान संचालन गर्दै आएको थियो । यसै अभियानको दौरानमा रङगेलीमा कार्यक्रम गरेको थियो ।
पत्रकार सम्मेलनमा अध्यक्ष पहारीले प्रश्न गरे, ‘युवा संघ नेपालले मधेशका सुगम ठाउँहरुमा मात्र केन्द्रीत भयो भन्ने आरोप खेपिरहँदा संघले भित्री मधेश र जनताका घरदैलोमा कार्यक्रम गर्दा राजेन्द्र महतोले विथोल्न पर्नै कारण के ?’
उनले भने, ‘उक्त कार्यक्रममा मधेशी दलका प्रतिनिधित्वलाई पनि निमन्त्रणा गरिएकै थियो । उनीहरुका गुनासो र मागहरुलाई कार्यक्रम मै राख्न संघले मंच प्रदान गर्नै भनेकै थियो , मधशी मोर्चाको कुनै पनि घोषित कार्यक्रम कार्यक्रम नै थिएन यस अवस्थामा युवा संघ नेपालको शान्तिपुर्वक कार्यक्रमलाई विरोध गर्नुपर्ने किन ?’
लोकतन्त्र , संविधान , मानवअधिकार ,सामाजिक न्याय विरुद्ध मधेशी मोर्चाले जुन गतिविधि गर्यो त्यो निन्दीय कार्य भन्दै संघले घोर भत्र्सना गरेको छ । साथै यस घटनाको सम्पुर्ण जिम्मेवारी मधेशी मोर्चाले लिनुपर्ने संघले बताएको छ ।
संघले सो घटनामा सग्लन अपराधीहरुलाई तुरुन्तै कारर्वाही गर्न सरकारसगँ जोडदार माग समेत गरेको संघका प्रवक्ता प्रभात विक्रम कटवालले जानकारी दिए ।


0 comments
Write Down Your Responses